काठमाडौ २६ फागुन । राष्ट्रिय सभाको अध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी दिने निर्णय गरेको छ । नेता अर्जुन नरसिंह केसीका अनुसारसभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
उम्मेदवारको चयन भने राष्ट्रिय सभाका सदस्यको बैठक पछि गर्ने कांग्रेसले बताएको छ ।६ वर्षे कार्यकाल सकेर राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बिदा भएपछि यो पद रिक्त छ ।








प्रतिक्रिया दिनुहोस्