ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीबी राई कहाँ छन् ?


एबीसी न्यूज

काठमाडौं २४ फागुन । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु जीबी राईलाई प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोल० को सहयोगमा खोजी जारी राखेको छ ।

उनी भागेर नेपालबाहिर पुगेको आधारहरु फेला परेपछि उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय, कास्कीको सिफारिसमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो एनसीबी० काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न महासचिवालयलाई अनुरोध गरेको थियो ।

त्यसआधारमा राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भिमप्रसाद ढकाल बताउँछन् ।

राईविरुद्ध सहकारीमा बचतकर्ताले राखेको करिब सवा अर्ब रुपैयाँ हिनामिना गरेको भन्दै जाहेरी परेको थियो । इन्टरपोलमा जीबीसहित पूर्वअध्यक्ष भुपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगरविरुद्ध समेत डिफ्यूजन नोटिस जारी भएको छ ।

डिफ्यूजन नोटिस जारी भएपछि इन्टरपोलका १९६ देशले सम्बन्धित व्यक्ति आफ्नो मुलुकमा भएरनभएको सूचना प्रदान गर्छ ।

हालै राईको कसूरका विवरणसहितको पत्र समेत प्रहरीले मलेसिया पठाइसकेको छ । यद्यपि, हालसम्म राई पक्राउ परिनसकेको प्रहरी स्रोत बताउँछ ।

राईविरुद्ध सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धान सकेर कास्की प्रहरीले १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै रायसहितको प्रतिवेदन बुझाएको थियो ।

अदालतमा मुद्दा दर्ता भएपछि राईले नक्कली शेयर सदस्य खडा र कम्पनी खडा गरेर अनाधिकृत रुपमा ऋण प्रवाह गरेको भन्दै पुरक जाहेरी परेको थियो । जसमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम समेत मुछिएको थियो ।

पीडितहरुले सवा अर्ब रुपैयाँ हिनामिना हुँदा व्यक्ति र कम्पनी गरेर ३ सय जना बढीले पैसा लगेको देखिएको भन्दै उनीहरु सबै छानबिनको दायरामा आउनुपर्ने माग गरेका थिए ।

पुरक जाहेरी परेपछि कास्की प्रहरीले काठमाडौंमा पूर्वडीआईजी छविलाल जोशीको घरमा छापा मारेर सहकारीको सर्भर बरामद गरेको थियो । त्यसबाट प्राप्त सूचनाका आधारमा प्रहरीले पुरक अनुसन्धान अघि बढाइरहेको थियो ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको प्रहरीले यसअघि गरेको अनुसन्धानबाट देखिएको थियो ।

हाल सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्तिहरु पुर्पक्षका लागि थुनामा छन् । राईले सहकारीबाट ठगी गरेको रकम ग्यालेक्सी टिभीसहित अन्य विभिन्न कम्पनीमा लगानी गरेका थिए ।

राईले काठमाडौंमा स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, वीरगञ्जमा सानो पाइला बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र काठमाडौंमा हाम्रो नयाँ कृषि सहकारी संस्थामा बचत गरेको रकम पनि हिनामिना गरेको आरोप छ ।

यो मामलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी० ले पनि अनुसन्धान गरिरहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com