काठमाडौं २३ फागुन । माओवादी केन्द्रबाट तीनजना मन्त्री दोहोरिने भएका छन्। रेखा शर्मा, नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत दोहोरिने भएका हुन्।
स्रोतका अनुसार श्रेष्ठलाई गृहबाट परराष्ट्र मन्त्रालयमा लगिने भएको छ। शर्मालाई सूचना तथा सञ्चार र बस्नेतलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइने भएको हो।
नारायणकाजीको मन्त्रालय हेरफेर भए पनि शर्मा र बस्नेतको मन्त्रालय भने नफेरिएको उच्च स्रोतले नेपालखबरलाई जानकारी दियो।








प्रतिक्रिया दिनुहोस्