काठमाडौं २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग प्रचण्डले धोका दिएको गुनासो गरेका छन्।
बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेर उनले गठबन्धनमा भएको समझदारी अनुसार अघि बढ्नबाट प्रचण्ड चुकेको बताए।
‘गठबन्धनमा सल्लाह नै नगरी प्रचण्डले तोड्नुभयो। अब प्रधानमन्त्री बन्ने तपाईंको पालो थियो,’ देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामी समझदारी अनुसार अघि बढ्न तयार थियौँ तर उहाँ ९प्रचण्ड०ले धोका दिनुभयो। प्रचण्डले धोका दिए पनि अब हामी मिलेर जानुपर्छ।’
भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको बताएका छन्।
देउवा पत्नी आरजु राणा र नेता लेखकलाई पनि सँगै लिएर कोटेश्वर पुगेका थिए।








प्रतिक्रिया दिनुहोस्