ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री निवास छाड्दै सुदन किराँती हामीले रोपेको बिरुवामा कोपिला लागेको छ


एबीसी न्यूज

काठमाडौं २२ फागुन । अघिल्लो गठबन्धनबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका सुदन किराँतीले मन्त्री निवास छाडेका छन् ।

मंगलबार मन्त्री निवासबाट बिदा भएको तस्वीर पोष्ट गर्दै किराँतीले भनेका छन्, ‘पस्दा मलाई धेरै डर लागेको थियो, तर निस्कँदा खुसी छु ।’

उनले आफ्नी आमाको भनाइ उदृत गर्दै भनेका छन्, ‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो, त्यो भन्दा गाह्रो त पूरा गर्नु हो ।’

४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेको भन्दै उनले यो अवसर प्रदान गर्ने प्रधानमन्त्री प्रचण्ड, पार्टी, मतदातामा धन्यवाद ज्ञापन गरेका छन् ।

आफू र आफ्नो टिमले सकेको कोशिस गरेको भन्दै उनले भनेका छन्, ‘हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’

मन्त्री पदमा बस्दा बुबाको मृत्यु भएको सन्दर्भ निकाल्दै उनले भनेका छन्, ‘मेरो राजनीतिक जीवनको हजार मृत्युहरु पटक पटक देखें र राजनीतिक मृत्युलाई मैले छल्न सकें तर प्राण लिने मृत्युलाई बुबाले छल्न सक्नु भएन ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com