काठमाडौ २२ फागुन । मनाङको ङिस्याङ गाउँपालिकामा–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङमा आवतजावत गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।उनका अनुसार अस्ति भारी हिमपात भएपछि यो क्षेत्रमा हिमपहिरो आएको हो ।
हिमपहिरो आएको र पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा आएका पर्यटकलाई समेत आवतजावतमा समस्या भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए। मनाङमा दैनिकरूपमा ५० देखि ६० जना पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । हिउँ पर्ने समय सकिन लाग्दा आएको भारी हिमपातले पहिरो गएको छ ।जिल्ला प्रशासन कार्यालयले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भन्दै यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्