ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ताको भागबन्डा मिलाउनको लागि चार सदस्यीय कार्यदल


एबीसी न्यूज

काठमाडौं २१ फागुन । सोमबार पुनर्जीवित भएको नेकपा एमालेसहितको नयाँ गठबन्धनले सत्ताको भागबन्डाका लागि ४ सदस्यीय कार्यदल बनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बालुवाटार बैठकले उक्त कार्यदल बनाएको हो।

यो कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन अनन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन्।

चार सदस्यीय यो कार्यदलले नयाँ गठबन्धनमा आन्तरिक छलफल गरेर शक्ति बाँडफाँटको समेत टुंगो गर्नेछ।

त्यस्तै मन्त्रालय भागबन्डासहितका विषयमा लागि यो कार्यदलले नयाँ गठबन्धनका सबै दलसँग पहल गर्ने बताइएको छ।

यो कार्यदलले मन्त्रालयको बाँडफाँट गरेर त्यहीअनुसार सत्ता सहकार्य अघि बढाउने गरी शीर्ष नेताहरूमा प्रतिवेदन दिने भएको छ।

एमालेसहितको गठबन्धन फर्कि‌एपछि सोमबार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले मन्त्रीको शपथ लिने भएका छन्।

कार्यदलमा रहेका यी चारैजना नेताहरू पनि नयाँ गठबन्धनबाट मन्त्रीका दाबेदार हुन्। पौडेल र पुनमध्ये एकजना अर्थमन्त्री हुने निश्चित छ।

उता रास्वपा सभापति लामिछानेले फेरि गृहमन्त्रालयमा दाबी गरेका छन्। यसबारे टुंगो गर्ने जिम्मा प्रचण्डले ओलीलाई दिएका छन्।

कार्यदलमा रहेकासहित केही सिनियर नेताहरूले भने दोस्रो चरणमा मन्त्रीको शपथ लिने भएका छन्। कार्यदलको जिम्मेवारी पूरा गरिसकेपछि मात्रै अर्को चरणमा उनीहरूले मन्त्रीको जिम्मेवारी सम्हाल्ने एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com