ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेससँगको गठबन्धन औपचारिक रुपमा टुट्यो


एबीसी न्यूज

काठमाडौं २१ फागुन । नेपाली कांग्रेससँगको सत्ता गठबन्धन औपचारिक रुपमा टुटेको छ। सत्तारुढ माओवादी केन्द्रसँग राष्ट्रिय सभा निर्वाचन र मन्त्रिमण्डल पुनर्गठनमा सहमति जुट्न नसक्दा अहिलेको गठबन्धन टुटेको हो।

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दबाब बढाएपछि कांग्रेससँगको गठबन्धन कमजोर बनेको थियो। सोही बीचमा एमालेले माओवादीसहितको नयाँ गठबन्धनको प्रस्ताव अघि सारेको थियो।

कांग्रेस सहमत हुन नसकेपछि प्रचण्डले पुनः एमालेसँगकै सत्ता सहकार्य अघि बढाउने निर्णय गरेका हुन्। स्रोतका अनुसार आजै नयाँ मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको छ। गठबन्धनमा आबद्ध दलहरूबाट एकरएक जना मन्त्री बनाएर सानो आकारको मन्त्रिमण्डल गठनको तयारी भइरहेको माओवादीका एक पदाधिकारीले जानकारी दिए।

‘नयाँ गठबन्धन बन्ने पक्का भयो,’ उनले भने, ‘एमाले तयार छ। कांग्रेस हिजोसम्म धेरै कडक थियो, आज लचकदार देखिएको छ।’

ती पदाधिकारीका अनुसार वामपन्थी एकतालाई उद्देश्य राखेर जानुपर्छ भन्ने मत अहिले बन्न लागेको नयाँ गठबन्धनबाट प्राप्त भएको छ। ‘वामपन्थीकै भूमिका बनोस् भनेर कुरा भयो,’ उनले भने।

नयाँ गठबन्धन बनाएपछि आइपर्ने समस्या बुझेर मात्रै बाँकी मन्त्री पुनर्गठनको तयारी अघि बढाइएको ती नेताले बताए।

नयाँ गठबन्धन बन्ने भएपछि नेपाली कांग्रेसले पनि छलफल अघि बढाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले पूर्वपदाधिकारी र पदाधिकारी बोलाएर छलफल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com