ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन जना मन्त्रीले आजै शपथ लिने


एबीसी न्यूज

काठमाडौं २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। ससहितको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार नै सानो आकारको मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन्।

जस अनुसार नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयमा पुर्‍याएर फर्किएका छन्। सोमबार बिहानभर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डल राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए।

स्रोतका अनुसार नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्यालको नाम राष्ट्रपति कार्यालयमा पुगेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नाम बुझाएर फर्किएका प्रधानमन्त्री प्रचण्ड नयाँ गठबन्धनका दलहरूबीच लिखित सहमतिको तयारी अघि बढाएका छन्।

प्रधानमन्त्री प्रचण्डले आजै साँझ नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी रहेको स्रोतले जानकारी दियो।  त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र रास्वपाबाट रवि लामिछानेको नाम पनि मन्त्री बन्ने लगभग निश्चित छ।

तर, उनीहरूको शपथ भने आज नहुने भएको छ। ‘आजै सानो आकारको मन्त्रीमण्डल पुनर्गठन हुन्छ, तीनजनाले आज शपथ लिनुहुन्छ,’ स्रोतले भन्यो, छअन्य मन्त्रीहरूको शपथ दलहरूबीचको सहमतिपछि मात्रै टुंगिन्छ।’

तामाङ नुवाकोट–१ बाट प्रतिनिधिसभा निर्वाचन जितेर संघीय संसद्मा प्रवेश गरेका थिए। त्यस्तै, गिरी पर्वतबाट प्रतिनिधिसभा निर्वाचित सांसद हुन भने अर्याल रास्वपाका समानुपातिकतर्फका सांसद हुन्।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गत ल्होछारमा टुँडिखेलमा आयोजित कार्यक्रममा बागमतीबाटै तामाङ समुदायको मन्त्री बनाउने वाचा गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com