ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ


एबीसी न्यूज

काठमाडौं, २० फागुन ।  भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

फागुन १० गते तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर २ घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ को गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान् हराएको र श्रीमान् चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिइ आउनू भन्दै आफूलाई फोन आएको भनेर प्रहरी वृत्त जगातीमा सूचना दिएकी थिइन् ।त्यसपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा ११ गते भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर–८ स्थित रोदन बस्नेतको गोठमा निज गोपालप्रसाद ढकाल मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

परिसरका प्रहरी निरीक्षक निर्मल थापाले घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ६ का वर्ष २९ को सन्तोष सुवाल रहेको बताए ।खोजतलासका क्रममा शनिबार उनलाई काभ्रपलाञ्चोक मण्डनदेउपुर ६ मा पक्राउ गरिएको प्रहरीको भनाइ छ । सुवालको साथबाट मृतक ढकालको मोबाइल र ज्याकेट बरामद गरेको पनि प्रहरीको भनाइ छ । प्रहरी निरीक्षक थापाले भने, घटनाको अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ६ का प्रेमबहादुर सुवालको छोरा वर्ष २९ को सन्तोष सुवाल रहेको भन्ने कुरा सुन्न आयो ।

खोजतलासका क्रममा शनिबार निजलाई काभ्रपलाञ्चोक मण्डनदेउपुर ६ मा पक्राउ गरिएको छ । उनी बाइक मेकानिक रहेछन् । उनको साथबाट मृतकको मोबाइल र फोटोमा देखिएको ज्याकेट बरामद गरेका छौँ । यसअघि चोरी सम्बन्धी कसुरमा २०७८ मा मुद्दा चलेको र २०७५ मा अभद्र व्यवहारको मुद्दा चलेको रहेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com