ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चारतारे ल्याण्डमार्क होटल ५० करोड लगानीमा सञ्चालन


एबीसी न्यूज

काठमाडौं २० फागुन । रुपन्देहीको भैरहवामा ५० करोड लगानीको चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ ।

भैरहवाका युवा व्यवसायी आशा गुरुङले सिद्धार्थनगर नगरपालिका(३ मा १० कठ्ठा क्षेत्रफलमा पाँच वर्ष लगाएर तयार गरेको होटेललाई सम्राट ग्रुपले व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो ।

२०४८ मा पोखराबाट हस्पिटालिटी व्यवसाय सुरु गरेको सम्राट ग्रुपले काठमाडौं र चितवनमा पनि तारे होटल सञ्चालन गरिरहेको छ ।

हस्पिटालिटी क्षेत्रमा ३० वर्षको अनुभवसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा आउने भारत र तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरेर भैरहवाको होटल व्यवस्थापनको जिम्मा लिएको प्रमुख कार्यकारी अधिकृत सीएन पाण्डेले बताए ।

 

भैरहवाको होटलमा डिलक्स, सुपर डिलक्स, फेमली र जुनियर स्वीट गरी ५० कोठासहित सेवा सुरु गरेको होटलमा कोटियार्ड लाउञ्ज, स्वीमिङ पुल, सय जना क्षमताको रुफटप बार पनि रहेको उनले बताए ।

होटेलको मुख्य विशेषता अधिकांश कोठा र शौचालयमा सूर्यको किरण आउने गरी भवन डिजाइन गरिएको छ ।

निकट भविष्यमै एक बिघा क्षेत्रफलमा १० हजार स्क्वायर फुटमा ६०० र २०० जना क्षमताका पार्टी र सेमिनार हल तथा ३० वटा कोठा बनाउने तयारी भएको उनले बताए ।

भारतीय नागरिकलाई विवाह र भोज समारोह आयोजना गर्न आकर्षित गर्ने गरी हलको डिजाइन गरिने पाण्डेले बताए । ‘हलमा विवाह गर्दा भारतीय ग्राहकले करोड बढी खर्च गरेर चाहे जस्तो सजावट गर्न सक्ने गरी हङकङका इन्जिनियरबाट इन्टेरियर डिजाइन हुनेछ,’ पाण्डेले भने ।

उक्त हल नेपालीलाई भारतीयभन्दा ५० प्रतिशत सस्तोमा उपलब्ध गराई आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्ने योजना रहेको उनले बताए ।

भारत सरकारले हालै मात्र एकजना भारतीयले ५ हजार डलर साथमा लिएर घुम्न पाउने कानून पारित गरेकाले होटेललाई वेडिङ डेस्टिनेसन बनाउन सहज भएको पाण्डेले बताए ।

यसअघि २५ हजार भारु मात्र बोक्न पाउने प्रावधानले नेपालको होटेल र पर्यटन क्षेत्रमा अपेक्षाकृत ब्यापार हुन सकेको थिएन । होटेलमा सय जनाले प्रत्यक्ष रोजगारी पाएका सञ्चालक आशा गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com