ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल, नामिबिया र नेदरल्यान्ड्स बीचको टी–२० सिरिजमा नामिबियामाथि नेपालको रोमाञ्चक जित


एबीसी न्यूज

काठमाडौं, १८ फागुन  ।  नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी–२० सिरिजअन्तर्गत नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ।नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेटको क्षतिमा १७७ रन जोड्यो। यसअघि नेपालले पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो। अब शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ। खेलमा दीपेन्द्रसिंह ऐरीले दुई बलमा दुई विकेट लिएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। दीपेन्द्रले १६औं ओभरको पहिलो र दोस्रो बलमा नामिबियाको चौथो र पाँचौ विकेट लिए। दीपेन्द्रले जेजे स्मिथलाई ५० रनमा अनिल साहबाट र जान निकोललाई सन्दीप जोराबाट क्याच गराए। अर्को ओभर पहिलो बलमा अभिनास बोहराले जान फ्राइलिंकलाई ३७ रनमा बोल्ड गरेपछि नेपाल खेलमा फर्कियो। त्यसअघि १५औं ओभरमा करण केसीले २३ रन खर्चिदा नेपालमाथि दबाब परेको थियो। तर दिपेन्द्र र अभिनासले उत्कृष्ट बलिङ गर्दै नेपालमाथिको दबाब कम गरे।

१८औं ओभरमा दीपेन्द्रले १८ रन खर्चिदा फेरि नेपालमाथि दबाब बढ्यो। दीपेन्द्रलाई जान ग्रिनले दुई चौका र रुबेन ट्रम्पलम्यानले एक छक्का प्रहार गरे।

१९औं ओभरमा अभिनास बोहरालाई ट्रम्पलम्यान र ग्रिन मिलेर ११ रन प्रहार गरे। यो ओभरमा ग्रिनले दुई चौका हिर्काए।

अन्तिम ओभरमा ४ विकेट बचेको नामिबियालाई १२ रन चाहिएको थियो।

नेपालका लागि करण केसीले अन्तिम ओभर बलिङ गर्दा पहिलो बलमा एक रन दिए। दोस्रो बलमा पनि एक रन नै भयो। तेस्रो बल डट भयो। तर अर्को बल भने वाइड भयो। चौथो बलमा एक रन दिए। पाँचौ बलमा करणले ट्रम्पलम्यानलाई सन्दीप जोराबाट क्याच गराए। जसका कारण अन्तिम बलमा नामिबियालाई ८ रन चाहिएको थियो भने नेपाल जित नजिक पुगेको थियो।जसमा करणले अन्तिम बलमा चौका दिए।

त्यसअघि नामिबियाका ओपनरद्वय माइकल भान १० रन र मालन क्रुगर ३ रनमा आउट भए। मालनलाई सोमपाल कामीले दोस्रो ‌ओभरमा र भानलाई करण केसीले छैटौं ‌‌ओभरमा आउट गरे।

त्यसअघि आठौं ओभरमा जेपी कोट्जे २५ रनमा विकेटकिपर आसिफ शेखबाट समातिए।

कुशलको अर्धशतकमा नेपालको १८० रन

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १८० जोड्यो।

नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे। उनले नटआउट ५५ रन जोड्ने क्रममा ३७ बलमा १ चौका र ४ छक्का प्रहार गरे।

कुशल र आरिफ शेखबीच पाँचौ विकेटका लागि भएको ८५ रनको साझेदारी नेपालका लागि महत्वपूर्ण सावित भयो। आरिफले आउट हुनुअघि २४ बलमा ३१ रनको योगदान गरे।

आरिफ आउट भएपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले ८ बलमा १६ रन जोडे। नेपालले पछिल्लो दुई ओभरमा ३ विकेट गुमाउँदा १५ रन जोड्न सक्यो।

१९औं ओभरको अन्तिम बलमा आउट भएका करण केसीले ३ बलमा १ छक्का प्रहार गर्दै ७ रन जोडे। अन्तिम दुई बल बाँकी छदा ट्रम्पलम्यानको बलमा आउट भएका सोमपाल कामीले २ रन मात्र बनाए।

खराब सुरुवात गरेको नेपालले दोस्रो ओभरमै विकेट गुमायो। अनिल साह र आसिफ शेखले ओपनिङ गरेको खेलमा आसिफ दोस्रो ओभरको पहिलो बलमा एक रनमा बोल्ड भए।

यस्तै चौथो ओभरमा कप्तान रोहित पौडेल ९ बलमा २ चौकाको मद्दतमा १० रन जोडेर आउट भए। सातौं ओभरको अन्तिम बलमा अनिल साह २३ रनमा आउट भए। उनले १७ बलमा ३ छक्का प्रहार गरे।

अर्को ओभरमा गुल्सन झा २६ रन बनाएर खेलिरहदा बर्नाल्ड स्कोल्ट्जको एलबिडब्लूको धरापमा परे। त्यतिबेला नेपालले ७।२ ओभरमा ४ विकेटको क्षतिमा ६४ रन जोडेको थियो। त्यसपछि कुशल र आरिफबीच पाँचौ विकेटका लागि भएको ८५ रनको साझेदारीले नेपाल अघि बढेको थियो।

बलिङमा नामिबियाका बेन शिकोन्गोले ३ विकेट लिए। उनले ४ ओभरमा २८ रन दिए। ज्याक ब्रासेलले २ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com