ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सांसदहरुले लुम्बिनी शिखर सम्मेलनबारे उठाए प्रश्न


एबीसी न्यूज

काठमाडौं १७ फागुन । लुम्बिनी प्रदेश सरकारले फागुन २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा नोबेल पुरस्कार विजेताको उपस्थितिमा गर्न लागेको ‘लोरेट्स एण्ड लिडर’ शिखर सम्मेलनप्रति सत्तारुढ दल र प्रमुख विपक्षी दलका सांसदले प्रश्न उठाएका छन् ।

सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभा वैठकमा यो सम्मेलनबारे स्पष्ट जानकारी नगराई गुमराहमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धमा नै असर पर्ने गरी गतिविधि गरेको आरोप लगाए ।

संसदलाई जानकारी नै नदिई सम्मेलनका लागि दुईपटक भारत र एकपटक अमेरिका भ्रमण गर्नु, छिमेकी देश चीनले पृथकतावादी घोषणा गरेका दलाई लामाले विद्रोह गरेकै दिन मार्च १० ९फागुन २७ ० देखि २९ गतेसम्म शिखर सम्मेलन गर्ने मिति तय गरिनु र पछि यसबारे चीनले गम्भीर चासो राखेपछि एक दिन पछि मिति सार्नुले यो सम्मेलन विवादको घेरामा परेको चौधरीले बताए ।

गत कात्तिकको तेस्रो साता संघीय सरकारबाट भ्रमण स्वीकृत गराएर निजी भ्रमणका लागि भन्दै मुख्यमन्त्री एक्लै अमेरिका गएका थिए । त्यसअघि उनी दुईपटक भारत भ्रमणमा गएका थिए ।

 

‘यसअघि पनि संसदमा यो के हो भनेर उठेको थियो तर मुख्यमन्त्रीले यो धेरै ठूलो कुरा हैन, अनुभव आदानप्रदान, शान्ति प्रवर्द्धन भनेर अधुरो जवाफ दिनुभयो,’ चौधरीले भने, ‘संसद अधिवेशन बन्द भएका बेला बल्ल शिखर सम्मेलन भन्ने कुरा बाहिर आएपछि सांसदहरुले यसलाई गम्भीर रुपमा लिएका छन् ।’

प्रमुख सचेतक चौधरीले मुख्यमन्त्रीले संसदलाई जानकारी नगराएर गरेको अमेरिका र भारत भ्रमणले यो कार्यक्रम पहिल्यै डिजाइन गरिएको भन्ने पुष्टि भएको बताए ।

फागुन १८ गते बस्ने प्रदेश सभा बैठकमा शिखर सम्मेलनबारे प्रश्न उठाउन दलहरुबीच छलफल भइरहेको उनले बताए ।

उनले संघीय सरकारले गर्नुपर्ने शिखर सम्मेलन प्रदेश सरकारले गर्नु आफ्नो क्षेत्राधिकारभन्दा बाहिर हुने बताए ।

सुरुमा दलाई लामा पनि आउने तय भएपछि चीनले प्रधानमन्त्रीसँग चासो राखेको र त्यसपछि लामा आउने कार्यक्रम रद्द भएको आफूले सूचना पाएको चौधरीले बताए ।

प्रदेश सभाको प्रमुख विपक्षी दल एमालेले पनि यो सम्मेलनप्रति असन्तुष्टि जनाएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले यो सम्मेलनबारे सरकारले विपक्षी दलसँग कुनै छलफल समेत नगरेको बताए ।

सम्मेलनले फाइदाभन्दा चीनसँगको सम्बन्ध बिगार्न भूमिका खेलेको चौधरीले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता प्रदेश सचिव निराजन घिमिरेले भने यो सम्मेलनले चीनसँगको दूरीमा असर नगर्ने बताए ।

प्रदेश सचिव सुमन घिमिरेले सम्मेलनको आन्तरिक तयारी तीव्र पारिएको जानकारी दिए । सम्मेलनका लागि प्रदेश सरकारले साढे ६ करोड बजेट छुट्याएको छ ।

सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीको संयोजनमा शिखर सम्मेलन हुन लागेको हो ।

सत्यार्थीसँग प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको लामो समयदेखि मित्रता भएकाले उनकै साथ लिएर शिखर सम्मेलन गर्न थालिएको हो ।

चौधरीले सत्यार्थी र आफू एउटै परिवारका सदस्य जस्तो रहेको बताउने गरेका छन् ।

बालबालिकाको विकास र शान्तिमा केन्द्रित भनिएको शिखर सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल पुरस्कार विजेता सहित उच्च पदस्थ विदेशीहरु लुम्बिनी आउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com