ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री बस्नेत- स्वास्थ्य मन्त्रालयको विकृति सफा गर्न अझै २ वर्ष लाग्छ


एबीसी न्यूज

काठमाडौं १५ फागुन ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन् ।

मंगलबार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताएका हुन् ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा अराजक छ । यो मन्त्रालयको विकृति र विसंगतिलाई राफसाफ गर्न दुई वर्ष लाग्छ । अहिले केही हदसम्म भएको छ ।’ उनले मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरुले दुःख पाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतिहरुबारे आफू सबैमा जानकार रहेको बताए ।

उनले चिकित्कसहरुलाई विकट क्षेत्रमा सेवा पुर्‍याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको बताए । उनले कर्मचारीहरुले भनेका मानिसहरुलाई पठाएमात्रै पक्षपात नहुने हो रु भन्दै प्रश्नसमेत गरे ।

‘यहाँ पक्षपातका कुरा उठे । कसले के पक्षपात गरेको छ । आफूले पाइ पक्ष हुने नभए पात हुने त हो नि । आफूले पाएमात्रै पक्ष हुन्छ । त्यही होइन कुरा । त्यो ८ सय चानचुनले पनि सबले पक्षपात गरे भनेर गएका छन् । तर कमसेकम दुर्गम जिल्लाका बिरामीले पनि अनुहार हेर्न पाएका छन् ।’ उनले भने ।

उनले सरुवा गर्न लाग्नुपूर्व नै शीर्ष नेतृत्वको घरमा पुगेर रोक्न लगाउने गरेको आरोप लगाए । उनले भने, ‘ आस्थाका बारेमा केही कुरा उठ्यो, मैले निर्णय गर्ने बित्तिकै सम्बन्धित पार्टीको प्रमुखमा बस्नेहरुलाई महाशाखा प्रमुखमा अझै नै राखिछोडेको छु । गफ दिनुहुन्छ । दुई वर्ष पुगेकाहरुलाई । निर्णय गर्न पाएको छैन पुगिसक्छ । पार्टी प्रमुख कहाँ ।’

उनले अस्पतालका स्वास्थ्य सामग्री टेण्डर गरेर ल्याउनुपर्छ भन्दा कर्मचारीहरुले अस्पतालमा तालाबन्दी गर्ने गरेको पनि बताए । उनले सबैभन्दा पहिला कर्मचारीतन्त्र नै सुध्रिनुपर्ने आवश्यकता रहेको पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com