ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तस्करीको प्याज सहित पिकअप पर्सा प्रहरी नियन्त्रणमा


एबीसी न्यूज

पर्सा, १४ फागुन । पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा ठुलो मात्रामा प्याजको तस्करी भैरहेको छ। पर्सा जिल्लाको बिरगंज लगायत ग्रामिण क्षेत्रमा ठुलो मात्रामा प्याजको तस्करी भैरहेको हो ।भर्खरै पर्सा जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी पाएर नयाँ आएका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले तस्करीमा कडाई गरेपछि केही मात्रामा तस्करी नियन्त्रण भएपनी प्याजको भने ठुलो मात्रामा तस्करी भैरहेको पाईएको छ ।

सशस्त्र प्रहरी वल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक किशन कर्माचार्य र पर्सा प्रहरी प्रमुख कुमोद ढुङ्गेलले तस्करी नियन्त्रण गर्न आफनो मातहतका युनिटहरुलाई ठाडो निर्देशन दिएपनी त्यसलाई अटेर गर्दै ग्रामिण क्षेत्रमा रहेको प्रहरी चौकीमा रहेका प्रहरीहरुले तस्कर गिरोह सँग मिलेर प्याजको तस्करीको लाईन दिएको आईतवार बिरगंजबाट एउटा पिकप सहित तस्करीको प्याज पर्सा प्रहरीले नियन्त्रणमा लिएपछि रहस्य खुलेको हो ।पर्सा प्रहरीले तस्करीको प्याज सहितको पिकअप आफनो नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका– ५ कुम्हाल टोलस्थित सडकखण्डमा भारतबाट भन्सार छलेर नेपालतर्फ भित्र्याइएका ६० बोरा २८८० किलो प्याजसहित प्रदेश २–०३–००१ च ३३०४ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो ।प्याज पिकअप गाडीमा लोड गरी वीरगञ्जबाट अन्यत्र स्थानमा लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । उक्त पिकअपसहित २८८० किलो प्याज १६ लाख १५ हजार २०० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिएको प्याज र पिकअप थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com