ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भृकुटीमण्डपबाट प्रहरीले हटाउन खोजेपछि मिटरब्याज पीडितसँगको वार्ता विथोलियो


एबीसी न्यूज

काठमाडौं १४ फागुन । २३ दिनको पैदल मार्चपछि काठमाडौं आएर प्रदर्शन गरिरहेका पीडितहरुसँग सोमबार हुने भनेको वार्ता विथोलिएको छ ।

गृह मन्त्रालयमा बिहान ११ बजे वार्ता बस्ने भनिएपनि ९ बजे पीडित बसेकै ठाउँमा प्रहरी पुगेर तितरवितर पार्न खोजेपछि वार्ता विथोलिएको हो ।

सडक आन्दोलनको नेतृत्व गरिरहेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका नीर्घ नविनका अनुसार, बिहान ९ बजे मिटरब्याज पीडित बसिरहेको भृकुटीमण्डपमा गएर पीडितलाई हटाउन खोजेको थियो ।

‘प्रहरी वृत्त, सिंहदरबारका डीएसपी जिल्ला प्रशासन कार्यालयको पत्रसहित आउनुभएको थियो, उहाँहरुले हाल बसिरहेको ठाउँ समाज कल्याण परिषद्को भएको भन्दै खाली गर्न दबाब दिनुभयो’, उनले भने, ‘विकल्पविना जबरजस्ती यहाँबाट बलपूर्वक निकाल्ने प्रयास भयो ।’

गृह मन्त्रालयमा आइतबार सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा गठित समितिले मिटरब्याज पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष अवधेश कुशहवा नेतृत्वको टोलीसँग पहिलो चरणको वार्ता गरेको थियो ।

दुवै पक्षले एकअर्काको कुुरा सुनेपछि सोमबार बिहान ११ बजे फेरि बैठक बस्ने गरी छलफल टुंगिएको थियो । तर, वार्ताका लागि जानुअघि नै ‘बद्नियतपूर्वक’ पीडितलाई लखेट्ने प्रयास भएकाले वार्तामा आफूहरु नभएको नवीनले बताए ।

सोमबार शहीद गेट–न्यूरोड हुँदै रत्नपार्क हुँदै भृकुटीमण्डपसम्म खाली खुट्टा मार्च गर्ने कार्यक्रम संघर्ष समितिले तय गरेको थियो ।

तर, प्रहरीले सामान उठाउने तयारी गरेपछि आफूहरु पूर्वनिर्धारित कार्यक्रम छाडेर भृकुटीमण्डपमै बसिरहेको नवीनले बताए । मिटरब्याज पीडितको न्यायका लागि भन्दै १६ माघमा पूर्वबाट कुशवाहाको नेतृत्वमा ५०० र पश्चिमबाट नीर्घ नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए ।

काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो । त्यहीबीच आइतबार मन्त्रालयले वार्ताका लागि भन्दै संघर्ष समितिलाई पत्राचार गरेको थियो ।

यसअघि मिटरब्याजको समस्याबारे जाँचबुझ गर्न बनेको आयोगले २८ हजार निवेदनका आधारमा पीडित र साहुबीच ५ अर्ब ५७ करोड १९ लाख रुपैयाँ बराबरको लेनदेनको लिखत फेला परेको थियो ।

तर, साहुहरूले ब्याजसहित ७ अर्ब ६२ करोड रुपैयाँ बाँकी रहेको भनेका थिए । ‘ती लिखतहरु सबै खारेज हुनुपर्‍यो र लिएको जति पैसाका आधारमा पीडितले तिर्न पाउने व्यवस्था हुनुपर्यो भन्ने पनि हाम्रो माग हो’, नवीन भन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com