ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवादित मन्त्रीबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ


एबीसी न्यूज

काठमाडौं १४ फागुन । संसद्‌मा उठेका विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारकारलाई रुलिङ गरेका छन्। विपक्षी दलहरूले तीन विवादित मन्त्रीहरूको राजीनामा माग्दै गत फागुन ६ गतेदेखि बैठकमा अवरोध गर्दै आएको थियो।

सोमबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलहरूले सोही माग राख्दै बैठक अवरोध गरेका थिए।  त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको बैठक सरकारलाई रुलिङ गरेसँगै सुरु भएको छ।

 

सभामुख देवराज घिमिरेले महत्त्वपूर्ण कार्यसूची भएकाले अवरोध नगर्न बारम्बार आग्रह गरेका थिए। तर, नाराबाजी नरोकिएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

पुनः बसेको बैठकमा सभामुख घिमिरेले विवादित मन्त्रीबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए। त्यसपछि बैठक समापन गरी अर्को बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरे।

बैठकमा बिहान सांसदहरूले ‘सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरूलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए।

त्यसअघि आकस्मिक समय लिएर एमाले सांसद गोकुल बाँस्कोटाले विवादित मन्त्रीहरूको राजीनामा माग गरिएको विषय, किसान, मिटरब्याजीलगायतका विषयमा संसद्मा उठेका प्रश्नको जवाफ माग गरेका थिए।

ुएउटै कुरा बारम्बार उठाइराखिएको छ। सरकारको कानमा रुवा कसैले हालिदिएको छरु जनप्रतिनिधिमूलक संस्थामा विपक्षी दलहरूले उठाएको कुरा नजरअन्दाज गरिरहेको छ,ु बाँस्कोटाले भने।

सरकारले सदनमा आएर जवाफ दिनुपर्ने एमालेको माग थियो।

आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को बजेटका सिद्धान्त र प्राथमिकता बैठकमा प्रस्तुत गर्ने कार्यसूची थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com