ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौको हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान शुरु


एबीसी न्यूज

काठमाडौ १३ फागुन । काठमाण्डौ उपत्यकामा वढ्दै गएको वायु प्रदूषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन हाँडीगाउँको अंशुवर्मा डबलीबाट ‘हावाको कुरा गरौँ’ अभियान शुरु भएको छ । काठमाण्डौ महानगरपालिकाले विभिन्न निकायसँगको सहकार्यमा अभियान शुरु गरेको हो ।अभियान शुरु गर्नु अघि हिजो नारायण चौरबाट पैदल यात्रा गर्दै प्रदूषण नियन्त्रणको सचेतना अभिवृद्धि कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा काठमाण्डौ महानगरका प्रवक्ता नवीन मानन्धरले उपत्यकाको हावा स्वच्छ बनाउने अभियान शुरु गरेको बताए। हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा गएको ५ महिनादेखि हरेक शनिवार सवारी प्रवेशमा रोक लगाउने गरिएको छ ।काठमाण्डौ उपत्यकामा वायु प्रदूषण सुधार गर्ने कार्यक्रमका बारेमा यूएसएडका स्वच्छ हावा परियोजनाका प्रमुख भुषण तुलाधरले, प्राचीन सहरको मौलिकपन फिर्ता गराउने प्रयासको प्रारम्भ भएको बताए।के कारणले सहरको वायु प्रदूषण भइरहेको छ ।

यसका असर कस्ता हुन्छन्, असर कसरी घटाउन सकिन्छ, स्थानीय अवस्था र आवश्यकताका विषयमा उपत्यका विभिन्न ठाउँहरुमा कुरा हुनेछ ।विश्वभर वायु प्रदूषणका कारण वर्षमा झण्डै ७० लाख मानिसको ज्यान जाने गरेको छ । नेपालमा ४२ हजार १ सय र काठमाण्डौमा मात्र वर्षेनी ५ हजार व्यक्तिको मृत्युको कारण वायु प्रदूषण रहेको पछिल्ला अध्ययनहरुले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com