ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग


एबीसी न्यूज

काठमाडौं ११ फागुन ।   राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले मिटरब्याज पीडित न्यायका लागि सङ्घीय राजधानी आउनु दुःखद् भएको उल्लेख गर्दै भएको कानुन कार्यान्वयन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभयो ।
सांसद जगतबहादुर पार्कीले तत्कालीन नेकपा नेतृत्वको दुई तिहाई बहुमतको सरकारले संसद् विघटन गर्दा व्यवस्थाका बारेमा निराशावादी सोच उत्पन्न भएको टिप्पणी गर्दै वर्तमान सत्ता गठबन्धनको सरकारले संविधानलाई मजबुत बनाउने ऐतिहासिक काम गर्न थालेको दाबी गर्नुभयो ।
वर्तमान सरकारले सुशासनका काम गर्दै आएको र सिङ्गो राष्ट्रलाई समृद्धितिर लैजान खोजेको बताउँदै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनका बेला गरेको प्रतिबद्धता कार्यान्वयन गर्न प्रयत्न गरिरहेको उल्लेख गर्नुभयो ।
सांसद पार्कीले सरकारले गरेको प्रयासका कारण नै अर्बौंको सार्वजनिक जग्गा सरकारका नाममा आएको उल्लेख गर्दै सरकारले आर्थिक अवस्था सुधारका लागि सङ्कल्प गरेको बताउनुभयो । साथै उहाँले सुदूरपश्चिममा विगतमा राष्ट्रिय गौरवका आयोजनाका लागि बजेट प्राथमिकता नपर्ने गरेको गुनासो गर्दै आगामी बजेटमा प्राथमिकतामा राख्न सरकारसँग मागसमेत गर्नुभयो ।
सांसद तुलसाकुमारी दाहालले मिटरब्याज पीडित न्यायका लागि काठमाडौँमा आएका बताउँदै त्यस सम्बन्धमा कानुन बने पनि कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको उल्लेख गर्नुभयो । उहाँले बालकुमारी घटनामा निर्दोष युवकको मृत्यु भएको जनाउँदै दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।
सरकारले जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गर्दै उहाँले गैरजिम्मेवार काम गर्ने मन्त्रीको राजीनामा माग गर्नुभयो । सांसद दाहालले जनतामा निराश बढेको र विदेश पलायन हुने क्रम बढेको सन्दर्भमा समाधानका लागि आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद नारायणदत्त मिश्रले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको सन्दर्भमा सरकारले दिएर भए पनि पीडितलाई न्याय दिनुपर्ने भन्दै दोषीलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले नारायन–बुटवल खण्डको सडकको दुर्दशाका बारेमा जानकारी गराउँदै सडक भत्काएर जनतालाई दुःख दिन नहुने धारणा राख्नुभयो ।
आगामी दिनमा बाटो भत्काउने र बनाउने कामसँगै गर्नुपर्ने उल्लेख गर्दै मिश्रले ठेकेदारलाई त्यही शर्तमा मात्र ठेक्का दिनुपर्ने बताउनुभयो । उहाँले मुलुकमा प्रतिगमनकारीले टाउको उठाउन लागेको भन्दै राष्ट्रिय एकताको आवश्यकता आँैल्याउनुभयो ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले लुम्बिनीको विमानस्थल सञ्चालन हुन नसक्दा जनता पीडित भएको बताउँदै सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अब आउने बजेटमा स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकता राख्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद गैरेले बालकुमारी घट्नामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको दोष नरहेको खण्डन गर्दै सोसम्बन्धी प्रतिवेदन सार्वजनिक भएपछि मात्र सत्यतथ्य बाहिर आउने धारणा व्यक्त गर्नुभयो ।
सांसद तुलबहादुर विश्वकर्माले वर्तमान सरकारले मुलुकभरका अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्नका लागि पठाएको निर्देशनको प्रसंशा गर्नुभयो । साथै उहाँले मिटरब्याजी पीडित न्यायका लागि काठमाडौँ आएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै सो सम्बन्धमा बनेको कानुन कार्यानवयन गर्न माग गर्नुभयो ।
सांसद खिमलाल देवकोटाले महाविर पुनले वीरगञ्ज कृषि कारखाना सञ्चालनका लागि रकम चाहियो भने आफ्नो किताब बेचिरहेको उल्लेख गर्दै आवश्यक रकम जोहो गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निष्कर्षमा पु¥याउन सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुभयो ।
सांसद डा विमला राई पौड्यालले केही समय अघिसम्म नेपालमा चिकित्सा शिक्षाको राम्रो छाप रहेको बताउँदै नियमनको लागि ल्याइएका नयाँ मापदण्डले चिकित्सा शिक्षालाई सङ्कुचन गरेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालमा पढ्न सहज नभएपछि नेपाली विद्यार्थी सिमानामा रहेका छिमेकी मुलुकका संस्थामा पलायन हुन बाध्य भएको बताउँदै कानुन संशोधन गरेर भए पनि नेपालभित्रै पढ्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com