ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘संविधान संशोधन गरेर गठबन्धनका नेतालाई कानुन नलाग्ने व्यवस्था गरौँ’ अमरेश कुमार


एबीसी न्यूज

काठमाडौं ११ फागुन । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले ठुला दलका नेताहरूले देशको कानुन उल्लङ्घन गरिरहेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले सत्तामा रहेका गठबन्धन दलका नेतालाई कानुन नलाग्ने हो भने संविधान नै संशोधन गरेर यो व्यवस्था थप्न माग गरे ।

उनले भने–‘नियम कानुन बनाउने तर ठुलालाई नलगाउने हो भने भनौँ कि संविधान संशोधन गरेर जो सत्तामा हुन्छन्, सत्ता गठबन्धनका ठुला मान्छेलाई नियम कानुन लाग्दैन ।’

राज्यव्यवस्था तथा सुशासन समितिले पनि यो विषय नउठाएको सांसद सिंहले गुनासो गरे । उनले सामाजिक सुधार व्यवस्था ऐन २०३३ मा दुलहा दुलहीको भोजमा आफन्त सहित ५१ जना भन्दा बढी सहभागी बन्न नपाउने व्यवस्था रहेको तर प्रधानमन्त्री प्रचण्डको नातिनी र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको छोराको बिहेमा आर्मी अफिसर्स क्लबमा भएको बिहे भोजमा हजारौँ सहभागी भएको बताए ।

उनले तराई क्षेत्रमा बिहे भोज गर्नुपर्दा जनताहरू ऋण लिएर मिटर ब्याजको पासोमा परेको बताउँदै ठुलाले नियम पालना नगर्दा समस्या भएको बताए ।

उनले मिटरब्याजी सरकारले नै संरक्षण गरेर बनाएको बताए । मिटरब्याजीले राजनीतिक दललाई पैसा दिने र उनीहरूबाट संरक्षण पाउने गरेको सांसद सिंहको भनाई छ । उनले २४ दिन हिँडेर काठमाडौँ आएका मिटर ब्याज पीडितको माग संवोधन गर्न सरकारलाई ध्यानाकर्षण गराए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com