काठमाडौं ९ फगुन । नेपाली कांग्रेसको महसमिति बैठकको तेस्रो दिन बुधबार विभिन्न पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल जारी छ।
उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतक प्रस्ताव, अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा। प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशाबारे प्रस्ताव तथा लेखासमिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमा छलफल भइरहेको छ।
गठबन्धनको विपक्षमा सभापतिहरू
समूहगत छलफलका क्रममा अधिकांश जिल्ला सभापतिहरूले चुनावी गठबन्धनको विपक्षमा आफूलाई उभ्याएका हुन्।
उनीहरूले कांग्रेसले आफ्नो बलमा अघी बढ्नुपर्ने बताउँदै गठबन्धन अब आवश्यक नभएको मत राखे।
छलफलमा सहभागी चितवनका सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्नुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्