ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वातावरण सुधारमा जनताले अनुभूति गर्नेगरी काम गर्छु : मन्त्री पण्डित


एबीसी न्यूज

काठमाडौँ, ६ फागुन ।  नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेतृत्व कायर, डरपोक र दिनमात्र बिताउने भयो भने कुनै पनि क्षेत्रमा परिवर्तन सम्भव नहुने बताउनुभएको छ ।


नेपाल वातावरण पत्रकार समूहको ‘पानी सञ्चार अभियान’ को शुभारम्भका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पण्डितले भन्नुभयो, “राजधानीलगायत मुलुकका अन्य भागमा पर्यावरण र वातावरण बिगार्नेलाई दण्डित गर्नु पर्छ र यसका लागि म पूर्ण प्रतिबद्ध भएर कार्य गर्नेछु ।”

दीर्घकालीन रुपमा वातावरण बिगार्न ज–जसले भूमिका खेलिरहेको छ त्यसलाई बन्द गराउन सहयोगका लागि सबैसँग आग्रह गर्दै मन्त्री पण्डितले वातावरणका क्षेत्रमा गर्नुपर्ने कार्यको प्रतिबद्धतासहित केही दिनभित्रै आफूले कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो ।

उहाँले राजधानी काठमाडौँसहितका क्षेत्रमा भएको वातावरणीय क्षतिलाई आमजनताले अनुभूति गर्नेगरी न्यूनीकरण गरिने दृढता व्यक्त गर्दै भन्नुभयो, “वातावरणका क्षेत्रमा काम गर्दा ज्यान जोखिममा पर्ला, संगठित गिरोहले काम गर्न नदेला भनेर म चुप लागेर बस्दिनँ, काम गर्न आएको छु, हिम्मत लिएर आएको छु ।”

मन्त्री पण्डितले, “मानिसहरुले मलाई कति दिनभित्र काठमाडौँमा मास्क लगाउनु पर्दैन ?” भनी पटक पटक प्रश्न गरिरहेको स्मरण गर्दै काठमाडौँको धुलोधुवाँले विकराल सामाजिक र स्वास्थ्य समस्या निम्त्याएको र यसको समाधानका लागि योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्व सिँचाइ मन्त्री सञ्जय गौतमले मध्य र सुदूरपश्चिम नेपालको चुरे क्षेत्रको दोहनमा एकाएक वृद्धि हुन थालेको छ भन्दै यस्तो कार्यले यस क्षेत्रका लाखौँ जनताको जीवन जोखिममा पर्ने खतरा बढेको बताउनुभयो ।

जल तथा शक्ति आयोगका सहसचिव माधव बेल्बासेले नेपाली मौलिक संस्कृति र परम्परामा आधारित सिँचाइ प्रविधिलाई समयमै संरक्षण गर्न सकिए ठूलो जनसमूह लाभान्वित हुने र त्यसबाट कृषिको उत्पादकत्वमा वृद्धि भई वर्षेनी बढ्दै गएको खाद्यान्न आयातमा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

युएसएड नेपालका मिसन निर्देशक पिटर ए माल्नाकले पानीका स्थानीय स्रोतको उपयोग गर्ने विधि र त्यसको महत्वको मुख्य जानकार स्थानीय जनता नै हुने भएकाले सञ्चारमाध्यमले स्थानीय जनताका सरोकारलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा युएसएड नेपालको सहयोगमा नेवापसद्वारा सञ्चालन हुने जलस्रोतको संरक्षण र व्यवस्थापनको प्रवद्र्धनसम्बन्धी पानी सञ्चार अभियानको शुभारम्भ गरिएको थियो ।

उक्त अभियानअन्तर्गत कर्णाली, राप्ती र महाकाली नदी जलाधार क्षेत्रको जलस्रोतको अवस्था, जीवन पद्धति, जलाधार संरक्षणका स्थानीय असल अभ्यासजस्ता विषयमा रेडियो, टेलिभिजन र अनलाइन माध्यमबाट प्रचारप्रसार गर्नाका साथै जलाधारको महत्व र समस्याका बारेमा स्थानीयस्तरमा छलफल र अन्तक्र्रिया गरिने नेवापसका अध्यक्ष अर्जुन ढकालले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com