धनगढी, ५ फागुन । प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै सात सदस्यीय सरकार गठन भएको छ । माओवादीबाट मुख्यमन्त्री बनेका भट्टले प्रदेश प्रमुख मोहनराज मल्ल सामू पद तथा गोपनियताको सपथ लिए लगतै ६ मन्त्रीले सपथ लिएका छन् । एमालेबाट चार र माओवादीबाट दुई मन्त्री बनेका छन् ।
एमाले संसदीय दलका नेता प्रकाश शाह प्रदेश सरकारमा गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्री बनेका छन् । झपट बोहराले अर्थ (आर्थिक तथा योजना) मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै पठानसिह बोहरा, भौतिक पुर्वाधार तथा योजना, दीर्घ सोडारी सामाजिक विकास, माया भट्ट उद्योग पर्यटन वन तथा बातावरण र विनीता चौधरी भूमि व्यवस्थापन, कृषी तथा सहकारी मन्त्री बनेका छन् । बोहोरा, सोडारी र भट्ट एमाले सांसद हुन् भने चौधरी माओवादीबाट मन्त्री बनेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्