काठमाडौं ७ फागुन । राष्ट्रिय समाचार समिति ९रासस०ले ६३ औँ वार्षिकोत्सवको अवसर पारेर आज उत्कृष्ट पत्रकार, कर्मचारीलाई पुरस्कृत गरेको छ । आज यहाँ आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार र कर्मचारी गरी आठ जनालाई उक्त पुरस्कार प्रदान गर्नुभयो ।
उत्कृष्ट सम्पादनतर्फ वरिष्ठ सम्पादक कृष्ण सापकोटा, उत्कृष्ट समाचार सङ्कलनतर्फ वरिष्ठ सहायक समाचारदाता अशोक घिमिरे र उत्कृष्ट कर्मचारीतर्फ उपव्यवस्थापक राजेशकुमार श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।
उत्कृष्ट फोटो तथा श्रव्यदृश्यतर्फ सुरेश आचार्य ९सुर्खेत०, उत्कृष्ट आलेखतर्फ रामविकास चौधरी ९रुपन्देही० तथा उत्कृष्ट जिल्ला समाचारदातातर्फ रुपनी जिएम बाँके०, मनोज दाहाल ९मोरङ० र निरञ्जनकुमार साह ९धनुषा०ले पुरस्कार प्राप्त गर्नुभयो । उक्त पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।
मन्त्री शर्माले राससको सेवाग्राहीमध्येबाट रेडियो नेपाल, रातोपाटी अनलाइन र प्रतीक दैनिक ९वीरन्गज० लाई सम्मान प्रदान गर्नुभयो । ती सञ्चारमाध्यमले राससको समाचार प्रकाशन तथा प्रसारण गर्ने क्रममा ‘क्रेडिट’ दिएका कारण सम्मान गरिएको रासस व्यवस्थापनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्