ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालु आवको ६ महिनामा पाँच खर्बको व्यापार घाटा


एबीसी न्यूज
फाल्गुन ५, २०७४ शनिबार  ४ : ०७ बजे

काठमाडौं, ५ फागुन । चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ ।

आव २०७३\७४ मा सोही अवधिमा व्यापार घाटा रु चार खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा चालु आवमा व्यापार घाटा रु ७१ अर्ब ४० करोडले बढेको छ ।


आव २०७२\७३ मा त्यस्तो व्यापार घाटा रु दुई खर्ब ५० अर्ब ८५ करोडको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार मुलुकबाट निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदै गएको हो ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो ६ महिनामा वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, सुन, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढ्न जाँदा व्यापार घाटा बढी देखिएको हो । तर चालु आवको ६ महिनामा कृषि औजार तथा पार्टपुर्जा, सेनिटरी वेयर्स, खाने तेल, ड्राइसेल ब्याट्री, तयारी पोशाक लगायतका वस्तुहरुको आयात भने घटेको छ ।

समीक्षा अवधिमा कूल वस्तु आयात १५ प्रतिशतले बढेर रु पाँच खर्ब ३४ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६७.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १५.३ प्रतिशत, चीनबाट भएको आयात ९.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७.६ प्रतिशतले बढेको छ ।

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय, वीरगन्ज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भए तापनि अन्य भन्सार नाकाबाट भएको निर्यातमा वृद्धि भएको छ ।

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

चालु आवको ६ महिनामा ३४.५ प्रतिशतले पेट्रोलियम पदार्थको आयात बढेको छ । यस अवधिमा रु ६९ अर्ब ६६ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । आव २०७३\७४ मा रु ५१ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । नेपाल विद्युत् प्राधिकरणले गत वर्षदेखि घरायसी प्रयोजनका लागि विद्युत्भार कटौती अन्त्य गरेपनि औद्योगिक माग यथावत् रहेको छ भन्ने उपलब्ध तथ्यांकले प्रस्ट पार्छ । प्राधिकरणले हाल दैनिक चार घण्टा औद्योगिक करिडोरमा विद्युत्भार कटौती गर्दै आएको छ । द्रुत गतिमा रहेको भौतिक पूर्वाधारको निर्माण तथा विकास परियोजनामा पेट्रोलिय पदार्थको प्रयोग बढी भएपछि आयातसमेत बढेको देखिन्छ ।

भारतसँगको घाटा थेग्न मुस्किल 

पेट्रोलियम पदार्थ, नेपाल विद्युत् प्राधिकरणले आयात गरेको विद्युत् लगायतका कारण व्यापार घाटा भारतसँग बढी रहेको देखिन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आवको ६ महिनामा भारतबाट मात्रै रु तीन खर्ब ५१ अर्ब ४१ करोडको आयात भएको छ । चीनतर्फ भने रु ६७ अर्ब ८६ करोडको व्यापार घाटा रहेको छ । भारततर्फको आयात बढेका कारण व्यापार घाटा पनि सोही मुलुकसँग नै बढी रहेको छ ।

आर्थिक वर्ष २०७४÷७५ को छ महिनामा भन्सार तथ्याँकमा आधारित निर्यातको एकाई मूल्य सूचकांक वार्षिक विन्दुगत आधारमा ०.४ प्रतिशतले घटेको र आयात मूल्य सूचकांकमा ३.७ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकांक ८.९ प्रतिशतले बढेको थियो । कार्पेट, पश्मिना, अलैँची, घ्यू, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकांकमा कमी भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकांकमा वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खार्ग टापुमा अमेरिकी बमवर्षा : ट्रम्पले भने– “सैन्य संरचना पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिएको थिएँ”

सम्बन्धित

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com