ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा ११ भारतीयलाई बन्धक बनाएको आरोपमा ८ भारतीय र २ नेपाली पक्राउ


एबीसी न्यूज

काठमाडौं ४ फागुन ।  काठमाडौँमा ११ जना भारतीय नागरिकलाई बन्धक बनाई राखेको आरोपमा प्रहरीले २ नेपालीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

गौशालास्थित एक घरबाट ११ जना भारतीय नागरिकलाई बुधबार राति उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई बन्धक बनाएको आरोपमा ८ जना भारतीय नै र २ जना नेपाली नागरिकलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

गौशालास्थित एक घरमा केही भारतीयले घर भाडामा लिई गैरकानुनी रूपमा भारतीय नागरिकहरूलाई नै बन्धक बनाई राखेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र वृत्त गौशालाको संयुक्त टोली उक्त घरमा प्रवेश गरी खानतलासी गर्दा ११ भारतीय नागरिकलाई बन्धक बनाई जोखिमपूर्ण अवस्थामा राखिएको पाइएको थियो। उनीहरूलाई अमेरिका लाने आश्वासन दिएर बन्धक बनाइएको पाइएको प्रहरीको दाबी छ।

उनीहरूलाई सकुशल उद्धार गरी घटनामा संलग्न आरोपमा प्रहरीले भारत मध्यप्रदेश राजगढ, निवानिया स्थायी ठेगाना भएका वर्ष ५८ का इन्दुसिंह यादव, भारत नयाँ दिल्ली ताराचन्द्र कोलोनी, महिपुर स्थायी ठेगाना वर्ष ५४ का अब्दुल रहिम, भारत नयाँ दिल्ली, विष्‍णु गार्डेन, आरजेड–२९० वतन भएका ४२ वर्षीय चरणजित सिंह, भारतकै लुधियाना पञ्‍जाब वतन भएका वर्ष नखुलेका अशोककुमार, भारतको लुधियाना, टिब्बा रोड पन्जाब स्थायी वतन भएका वर्ष ४७ का मनीषकुमार मलहोत्रा, भारतको मध्यप्रदेश राजगढ स्थायी ठेगानाका ३० वर्षीय रवि मेवाडे, भारतको राजस्थान, चुरु वतन भएका वर्ष ४८ का रामचन्द्र शर्मा र भारतको लुधियाना जनकपुरी पन्जाब घर भई हाल काठमाडौँको नरदेवी बस्ने वर्ष ५१ का निपुन गुप्‍तालाई पक्राउ गरेको हो।

साथै सोही आरोपमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ५, बिजुली अफिस ठेगाना भएका ५२ वर्षीय मोहम्मद साविर मियाँ र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर, स्थायी ठेगाना भई हाल काठमाडौँको माकलबारी बस्ने ३० वर्षीय लक्ष्मण गिरीलाई पनि प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

साथै उनीहरूको साथबाट पीडितहरूका पासपोर्ट, विभिन्न देशका मुद्रा, विभिन्न एयरलाइन्सका नक्कली बोर्डिङ पास, ल्यापटपहरू, नक्कली रबर स्ट्याम्पहरू र कैँची, पेपर कटरलगायत सरसामान पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ। शारीरिक यातना दिन प्रयोग हुने पाइप पनि बरामद गरिएको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com