ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ दलमाथि पूर्णबहादुरको निशाना गौरवपूर्ण इतिहास न भविष्य


एबीसी न्यूज

काठमाडौं ४ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विविध विषम परिस्थिति र चुनौतीहरूका कारण देश अपेक्षाकृत प्रगतिको बाटोमा नरहँदा आम नागरिकमा निराशा बढेको निष्कर्ष निकालेका छन् । त्यही निराशाको जगमा लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानवादीको स्वर बढेको खड्काको ठहर छ ।

सोमबारदेखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत गर्न उपसभापति खड्काले ६४ पृष्ठको नीति प्रतिवेदन तयार गरेका छन् । पार्टीको बिहीबारदेखि सुरु केन्द्रीय समिति बैठकमा खड्काले उक्त प्रतिवेदन पेस गरेका छन् ।

खड्काको सोही प्रतिवेदनमा देशले विकास, समुन्नति, स्थिरता र प्रगतिको बाटो पक्रिसक्नु पर्ने भए पनि त्यसो हुन नसकेको उल्लेख छ । ‘देशमा द्रुत आर्थिक विकासको अभाव छ । आम नागरिकका अपेक्षा र देशको आवश्यकताको सही सम्बोधन हुन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ । परिस्थिति अप्ठ्यारो, चुनौती र समस्यारत रहेको उल्लेख गर्दै खड्काले यसबाट पार लगाउन कांग्रेस सक्षम रहेको दाबीसमेत गरेका छन् ।

नागरिकमा निराशा बढ्नुमा गृहिणीको अप्ठ्यारो, तन्नेरीको छटपटी, शैक्षिक बेरोजगारी, उद्योगधन्दा तथा कलकारखानाको अवरोध, आर्थिक सकस, सामाजिक रूपान्तरणको अलमलजस्ता कारण रहेको खड्काले व्याख्या गरेका छन् । ‘आम नागरिकमा निराशा बढ्दो छ । नागरिकमा उत्पन्न यस्ता निराशा चिर्दै जनतामा आशा र भरोशा कायम गरी समृद्ध मुलुक निर्माण गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ,’ प्रतिवेदनमा भनिएको छ ।

निराशाको व्यापार

राष्ट्रिय स्वतन्त्र पार्टी र राजसंस्थावादी दलको नाम नलिई खड्काले ती दलले निराशा बढाएको आरोप लगाएका छन् । आम नागरिकको निराशाको जगमा टेकेर ‘लोकरिझ्याइँ गर्ने र पुनरुत्थानवादी’ प्रवृत्ति हाबी हुन खोजेको खड्काको आरोप छ । समस्या तथा अप्ठ्याराहरूलाई पन्छाएर मुलुकलाई सही दिशा प्रदान गर्न गर्नुको सट्टा ती शक्तिले थप निराशा बढाउने व्यापार गरिरहेको खड्काको विश्लेषण छ । लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानवादीको स्वर बढेको खड्काको निष्कर्ष छ ।

ती दलको चरित्र समेत प्रतिवेदनमा खड्काले उल्लेख गरेका छन् । दायित्व र जिम्मेवारीबाट पन्छिनु र आफ्नो प्रष्ट दृष्टिकोणविना लोकप्रियताका लागि जे पनि बोल्नुलाई खड्काले लोकरिझ्याइँको संज्ञा दिएका छन् । ‘लोकरिझ्याइँ गर्नेहरूको राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व छैन,’ नयाँ दलप्रति उनले भनेका छन्, ‘न त गौरवपूर्ण इतिहास छ, न त विश्वस्त भविष्य । न त लोकतन्त्र प्रतिको प्रतिवद्धता छ, न त भावी यात्राको प्रष्ट मार्ग चित्र नै । यिनीहरू सस्तो लोकप्रियताको नाममा समाजमा वितृष्णा र निराशाको व्यापार गर्न प्रयत्नशील छन् ।’

लोकरिझ्याइँ गर्ने दलले परिवर्तन उल्टाएर एकाधिकार र अधिनायकवाद खोजेको खड्काले आरोप लगाएका छन् । ‘अधिनायकवादीहरू रूपमा भिन्न देखिएता पनि सारमा लोकतन्त्र विरोधी हुन् । उनीहरूको पनि प्राप्त उपलब्धिमा कुनै अपनत्व छैन, न त राष्ट्रको बोध छ, न जिम्मेवारी,’ खड्काले प्रतिवेदनमा लेखेका छन्, ‘भर्खरै स्थिरताको लय समात्दै गरेको लोकतान्त्रिक शासन व्यवस्थाको विरुद्धमा जनमत तयार पारेर तिनीहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयासमा छन् ।’

राजनीतिक दल र सरकारको काम गर्ने तौरतरिका तथा शैलीप्रति आम नागरिकको गुनासो, असन्तुष्टिमा पुनरुत्थानवादी शक्ति सल्बलाएको खड्काको निचोड छ । नागरिकका समस्यालाई व्यवस्थासँग जोडेर परिवर्तन विरुद्ध आवाज उठाउनेहरू देखिएको खड्काले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘राजनीतिक पुनरुत्थानको यो कुचेष्टा गैरजिम्मेवार र असान्दर्भिक सोच हो । इतिहासको अपव्याख्याले केवल भ्रम दिन्छ, सत्य दिँदैन । पुनरुत्थानको प्रयास जस्तो देखिने सडककर्म खासमा प्रयास होइन, केवल अर्थहीन कुचेष्टा मात्रै हो,’ प्रतिवेदनमा भनिएको छ ।

वर्तमान निर्वाचन प्रणालीले एक दलको बहुमत पुग्न असम्भव रहेको ठहर गर्दै गठबन्धन गर्नुपरेको खड्काले वाध्यता सुनाएका छन् । अस्थिरता निम्तिन सक्ने खतराले गठबन्धन गरिएको उनको निचोड छ । ‘सरकार गठनका लागि गठबन्धन सरकार बनाउनै पर्ने बाध्यता भएको अवस्थामा अस्थिरता निम्तिन सक्ने अवस्थालाई ध्यान दिँदै र विगतका अनुभवबाट पाठ सिक्दै आवश्यक नीति तय गर्ने प्रतिवद्धता व्यक्त गर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।

संविधानलाई थप समृद्ध र स्वीकार्य बनाउने नेतृत्व कांग्रेसले नै लिने खड्काको दाबी छ । संविधान गतिशील दस्तावेज रहेको बताउँदै खड्काले संविधानका आधारभूत विशेषता तथा अहरणीय प्रावधानलाई अक्षुण्ण राख्दै थप प्रभावकारी बनाउन कांग्रेस उदार रहेको खड्काले लेखेका छन् ।

६४ पृष्ठको प्रतिवेदनमा खड्काले विगतका विषयलाई बढी प्राथमिकता दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com