ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वतको एक सहकारीका अध्यक्ष ११ करोड ठगी आरोपमा पक्राउ


एबीसी न्यूज
फाल्गुन २, २०८० बुधबार   ५ : १६   बजे

 

 

पोखरा २ फागुन । सहकारीका बचतकर्ताको ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा पर्वतको कुश्मा बजारस्थित माता पाथीभरा सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन् । गत शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सहकारीको रकम हिनामिनामा श्रेष्ठ पक्राउ परेका हुन् । उनी अध्यक्ष रहेको सहकारीका ११ जनाविरुद्ध पीडितले जाहेरी दिएका छन् । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको प्रहरी निरीक्षक केशव केसीले बताए । ‘अदालतबाट म्याद थप भैसकेको छ, अब मुद्दा दायर हुन्छ,’ उनले भने, ‘छिट्टै अभियुक्तहरू पक्राउ पर्छन् ।’

 

पर्वतकै तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठका भाइ हुन् किशोर । बालगोपालविरुद्ध पनि २९ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । उनी अहिले फरार छन् । हाल बालगोपाल अस्ट्रेलिया पुगेर लुकेको पीडितले बताए । कुश्मा नगरपालिका– १ की ५५ वर्षीया शकुन्तलाकुमारी श्रेष्ठको जाहेरीमा बालगोपालसहित २२ जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

विशेष गरी पर्वतका तीन सहकारीमा ५० करोड बढी हिनामिना गरेको आरोपमा बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।

 

सहकारीहरूले कर छली गरेर अवैधानिक लाभ लिने उद्देश्यले कृत्रिम खर्च लेखांकन समेत गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले फेला पारेको छ ।

 

सहकारी सञ्चालकले गरेको बेथितिले बचतकर्ताको भने पारिवारिक बिखण्डन, मानसिक समस्या तथा आर्थिक संकट देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group