ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वतको एक सहकारीका अध्यक्ष ११ करोड ठगी आरोपमा पक्राउ


ABC News

 

 

पोखरा २ फागुन । सहकारीका बचतकर्ताको ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा पर्वतको कुश्मा बजारस्थित माता पाथीभरा सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन् । गत शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सहकारीको रकम हिनामिनामा श्रेष्ठ पक्राउ परेका हुन् । उनी अध्यक्ष रहेको सहकारीका ११ जनाविरुद्ध पीडितले जाहेरी दिएका छन् । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको प्रहरी निरीक्षक केशव केसीले बताए । ‘अदालतबाट म्याद थप भैसकेको छ, अब मुद्दा दायर हुन्छ,’ उनले भने, ‘छिट्टै अभियुक्तहरू पक्राउ पर्छन् ।’

 

पर्वतकै तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठका भाइ हुन् किशोर । बालगोपालविरुद्ध पनि २९ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । उनी अहिले फरार छन् । हाल बालगोपाल अस्ट्रेलिया पुगेर लुकेको पीडितले बताए । कुश्मा नगरपालिका– १ की ५५ वर्षीया शकुन्तलाकुमारी श्रेष्ठको जाहेरीमा बालगोपालसहित २२ जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

विशेष गरी पर्वतका तीन सहकारीमा ५० करोड बढी हिनामिना गरेको आरोपमा बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।

 

सहकारीहरूले कर छली गरेर अवैधानिक लाभ लिने उद्देश्यले कृत्रिम खर्च लेखांकन समेत गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले फेला पारेको छ ।

 

सहकारी सञ्चालकले गरेको बेथितिले बचतकर्ताको भने पारिवारिक बिखण्डन, मानसिक समस्या तथा आर्थिक संकट देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com