ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युुक्रेनसँगको युद्धमा ज्यान गुमाएका परिवारलाई दूतावासमार्फत राहत दिन रुस तयार


एबीसी न्यूज

काठमाडौं २ माघ । आफ्नो सुरक्षा फौजमा भर्ती भएर युुक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपाली राजदूतावासमार्फत राहत दिन रुसी सरकार तयार भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुस–युक्रेन युद्धमा रहेका नेपालीका विषयमा सरकारले गरिरहेको प्रयासमा एउटा सफलता हात लागेको बताए ।

‘रुसको सुरक्षा फौजमा भर्ती भएका नेपालीका विषयमा सरकारले गरिरहेको प्रयासमा मृतकका परिवारलाई राहत उपलब्ध गराउने कुरामा महत्वपूर्ण उपलब्धि हात लागेकोे छ’, प्रवक्ता राईले भने, ‘हामीले गरिरहेको पहलमध्ये मृतकका परिवारलाई नेपाली दूतावासमार्फत क्षतिपूर्ति पठाइदिने प्रस्तावमा रुस सहमत भएको छ ।’

प्रवक्ता राईका अनुुसार रुसी सरकारले मस्कोस्थित नेपाली दूतावासलाई राहत रकम उपलब्ध गराउने भनेको छ । उक्त रकम परराष्ट्र मन्त्रालयमार्फत नेपाल ल्याइनेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारलाई राहत रकम दिने उनले जानकारी दिए ।

यसअघि रुसले मृतकका परिवारलाई राहत रकम लिन परिवारका कम्तीमा एक सदस्य रुस नै पुग्नुपर्ने बताउँदै आएको थियो । नेपाल सरकारले पीडित परिवार राहत रकम लिनकै लागि रुस आउन कठिन हुने भन्दै दूतावासमार्फत उक्त रकम नेपाल पठाइदिन अनुरोध गर्दै आएको थियो ।

अरु देशमा ज्यान गुमाउने नेपालीको परिवारलाई पनि सम्बन्धित देशका नेपाली दूतावासमार्फत नै राहत दिने गरिएको जानकारी गराएपछि रुस पनि तयार भएको प्रवक्ता राईले बताए ।

दूतावासमार्फत राहत रकम पठाउन रुस सरकार तयार भए पनि यो रकम कहिले आउँछ भन्ने टुंगो छैन । स्रोतका अनुसार मृतकको परिवारले बीमा र राहतबापत १ करोड ५० लाख रुपैयाँ पाउन सक्छन् । तर मृतकको बीमा छैन भने प्रत्येक परिवारले लगभग ७३ लाख रुपैयाँ पाउन सक्छन् ।

यद्यपि, राहत रकम कति हुने भन्ने टुंगो नभएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

रुसले गत जनवरीको सुरुवातमा पास गरेको आदेशमा युक्रेन युद्धमा सहभागी विदेशी नागरिकलाई नागरिकता दिने र राहत दिने उल्लेख छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको उक्त आदेशमा युक्रेनमा रसियाका लागि लड्ने विदेशी नागरिक र तिनका परिवारलाई नागरिकता प्रदान गर्ने भनिएको छ ।

त्यस्तै अर्को एउटा आदेशमा युक्रेनसँगको युद्धमा मारिएका रुसी सैनिकका परिवारलाई ५० लाख रुबल क्षतिपूर्ति दिने र युद्धका क्रममा घाइते भएकाहरूलाई ३० लाख रुबल क्षतिपूर्ति दिने उल्लेख छ ।

परराष्ट्रमन्त्री एनपी साउदले गत माघ पहिलो हप्ता युगान्डाको राजधानी कम्पालामा असंलग्न आन्दोलनको शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेट गरेका थिए ।

त्यस क्रममा युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह गरेका थिए । साथै, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरूलाई फिर्ता गरिदिन पनि आग्रह गरेका थिए ।

सो भेटमा रुसी उपविदेशमन्त्रीले मृतकका परिवारलाई रुसी कानुनअनुसार राहत उपलब्ध गराउने र यसका लागि प्रक्रिया छिटो अघि बढाउन आफूले पहल लिने आश्वासन दिएका थिए ।

परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत नेपालीसहित मारिएका र घाइतेहरुको अवस्थाबारे विवरण माग्दै मस्कोलाई दुईवटा कूटनीतिक नोट पठाएको थियो । तर यस विषयमा अहिलेसम्म रुसले कुनै जवाफ नदिएको परराष्ट्र स्रोतको भनाइ छ ।

रुसी सेनामा व्यक्तिगत हैसियतमा कति नेपाली भर्ना भएका छन् भन्ने यकिन छैन । हालसम्म परराष्ट्र मन्त्रालयलाई रुसको रक्षा मन्त्रालयमार्फत उपलब्ध जानकारीमा अहिलेसम्म १२ जनाको युक्रेन युद्धमा ज्यान गएको छ । अहिलेसम्म सरकारले यही तथ्यांकलाई आधिकारिक मानेको छ ।

परराष्ट्रका एक उच्च अधिकारीका अनुसार रुसले पठाएको जानकारी बाहेक नेपालबाट थप एक जनाको परिवारले मात्रै अनौपचारिक हिसाबमा आफ्नो मान्छेको पनि मृत्यु भएको जानकारी गराएको छ । तर त्यसलाई रुसी पक्षले अहिलेसम्म पुष्टि गरेको छैन ।

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा अहिलेसम्म रुसी सेनामा भर्ती भएका १५० जनाको परिवारले सुरक्षित स्वदेश फिर्ताको लागि निवेदन दिएका छन् । रुसी फौजमा भर्ना भएक ६ जना भन्दा बढी युक्रेनको कब्जामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com