ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको गुनासो – गणतन्त्रविरोधीहरूले माओवादी नेतृत्वलाई हेप्न थाले


एबीसी न्यूज

काठमाडौं १ फागुन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका कारण भएका उपलब्धिलाई भुलेर अहिले आफूहरूलाई हेप्ने काम भएको बताएका छन्।

पार्टीको विधान सम्मेलनलाई मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा सम्बोधनका उनले यस्तो बताएका हुन्।

प्रचण्डले जनयुद्ध चलाउँदा विश्वभर आफूहरूको प्रभाव रहेको बताउँदै अहिले आफूहरूका केही कमजोरीका कारण हेपाई खान थालिएको बताए।

‘अहिले माओवादीको नेतृत्व, एजेन्डा र विचारलाई हेप्न थालियो’, उनले भने, ‘हामी प्रज्ञामा विधान सम्मेलन गरिरहँदा बाहिर गणतन्त्रविरोधीहरू उपलब्धिविरुद्ध बोल्ने दुस्साहस गरिरेहका छन्।’

प्रचण्डले सशस्त्र संघर्षका क्रममा माओवादी एउटा शक्ति रहेको भन्दै जसको प्रभाव विश्वभर रहेको सुनाए।  ‘सात राजनीतिक दलहरूलाई राजनीतिको रंगमञ्चमा ल्याउने तागत थियो माओवादीसँग’, उनले भने, ‘अहिले हामीले कहाँ कहाँ कमजोरी गर्‍यौँ। अलिक बढी हेपाई खान थाल्यौँ। माओवादी, माओवादी नेतृत्व, एजेन्डा र माओवादीले गरेको त्याग बलिदान र दुरगामी कीर्तहरूलाई हेप्न खोजिँदै छ।’

उनले सबैभन्दा बढी प्रतिक्रियावादी, प्रतिक्रान्तिकारीहरूले मा‌ओवादीलाई हेप्न थालेका बताए।

‘आज हामी २९ औँ जनयुद्ध दिवस प्रज्ञा प्रतिष्ठानमा बसेर मनाउँदैछौँ। महान् जनयुद्धलाई अपमानित गर्ने कसैलाई अधिकार छैन’, उनले भने, ‘क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गरिँदैछ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com