ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिममा छैटौं मौराखारा गुरिल्ला म्याराथन उद्घाटन


एबीसी न्यूज

रुकुम, १ फागुन । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा आज छैटौं मौराखारा गुरिल्ला म्याराथनको उद्घाटन गरिएको छ।छैटौं गुरिल्ला म्याराथन प्रतियोगिता उद्घाटन गाउपालिकाको वडा नम्बर ३ स्थित बेलटापु खेलमैदानमा आयोजित एक औपचारिक कार्यक्रमका बिच कर्णाली प्रदेश सभा सदस्य कल्यानी खडकाले गरेका हुन र सानीभेरी गाउँपालिकाले सशस्त्र जनयुद्धको बेला तत्कालिन माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा म्याराथन सञ्चालन गर्दै आएको छ ।

सानीभेरी गाउँपालिकाको प्रशासनिक केन्द्र सिम्ली देखि तत्कालिन माओवादीले सेना उत्पादन गरेको मौराखारा सम्मको बाटोमा गाउँपालिकाले हरेक बर्ष जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्टले जानकारी दिए। सानीभेरी गाउँपालिकाको आयोजना र राष्ट्रिय खेलकुद परिषद नेपालको सहयोग र युवा खेलकुद बिकास समिति सानीभेरी गाउँपालिकाको व्यवस्थापनमा यो संस्करणको गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन भएको युवा खेलकुद विकास समिति सानीभेरी गाउँपालिकाका सदस्य सचिव बालकुमार नकालले जानकारी दिए ।

४८ किलोमिटर दुरी रहेको पुरुष म्याराथनमा प्रथम हुनेले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ४५ हजार र चौथो हुनेले १५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको दशौं स्थान सम्म हासिल गर्ने प्रतियोगीले जनही ३ हजार पुरस्कार पाउने गाउँपालिकाको भनाई छ ।

त्यस्तै ३४ किलोमिटर दुरीमा संचालन हुने महिला गुरिल्ला म्याराथनको प्रथम हुनेले ६० हजार, दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोले १० हजार र दशौं स्थान सम्मकालाई जनही ३ हजार दिइने छ। म्याराथन प्रतियोगितामा विभिन्न जिल्ला बाट ३५ जना पुरुष र १२ जना महिलहरुले भाग लिएका छन। म्याराथनको अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि उपस्थिति हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com