काठमाडौं २९ माघ । यातायात व्यवस्था विभाग मिनभवनका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीको युवा संगठनका कार्यकर्ताहरुले सोमबार कार्यालय परिसरमै महानिर्देशक रिजाललाई दुर्व्यवहार गरेका हुन् ।
नयाँबानेश्वर प्रहरीका अनुसार महानिर्देशक रिजालमाथि नीलो मसी प्रहार भएको थियो । उनीहरुले महानिर्देशकविरुद्ध नाराबाजी गर्दै भागेका थिए । अहिले बानेश्वरको प्रहरी टोली यातायात व्यवस्था विभाग परिसरमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्