ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र कतारबीच श्रम सम्झौता परिमार्जन र साउदीसँग नयाँ श्रम सम्झौता हुने


एबीसी न्यूज

काठमाडौ २९ माघ । नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने भएको छ । यस्तै, साउदी अरबसँग नयाँ श्रम सम्झौताको लागि एक महिनाभित्र मस्यौदा टुङ्ग्याउने समझदारी भएको छ ।यूएईमा भएको आबुधाबी डायलगको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले कतार र साउदीका समकक्षीसँग गरेको छुुट्टाछुुट्टै छलफलमा यस्तो समझदारी भएको हो ।नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई परिमार्जन गर्न लागिएको हो ।

सम्झौतामा सिप साझेदारी र श्रमिकको हक हित सुरक्षाका विषयवस्तु थप गर्ने दुवै देशले अनलाइन बैठकमार्फत् छिट्टै टुङ्ग्याउने सहमति भएको छ । दुुई महिनापछि कतारका अमिर नेपाल भ्रमण आउँदा परिमार्जन गर्न लागिएको श्रम सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको छ ।यसैगरी साउदी अरबसँग भएको साइडलाइन बैठकमा न्यायोचित भर्ना प्रणाली, सामाजिक सुरक्षा, कार्य घण्टा, बीमा, पेसागत स्वास्थ्य सुरक्षा लगायतका विषयलाई सम्बोधन गरेर नयाँ श्रम सम्झौता गर्ने सहमति भएको छ ।

साउदीले सिपमूलक जनशक्ति उत्पादनका निम्ति तालिम केन्द्र स्थापना गर्न अहिले भैरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।यस्तै, श्रममन्त्री भण्डारीले दक्ष जनशक्ति उत्पादनका लागि लगानी गर्न खाडीसहितका गन्तव्य देशलाई आग्रह गर्नुभएको छ । आबुधाबी डाइलगलाई सम्बोधन गर्दै उनले श्रमिक तथा उनीहरुको परिवारलाई बलियो सामाजिक सुरक्षाको माध्यमबाट संरक्षण गर्नु गन्तव्य र श्रोत राष्ट्रको समान दायित्व रहेको बताए । उनले श्रमिकहरुको न्यूनतम ज्यालाको प्रत्याभुति दिनेतर्फ आबुधाबी डाइलगले प्रतिवद्धता जनाउनुपर्ने पनि बताएका छन ।यूएईमा अस्तिदेखि शुरु भएको अबुधाबीमा डायलगमा कामदार पठाउने र लिने २१ देशका श्रममन्त्री र उच्च सरकारी अधिकारीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com