ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेल क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ– खेलकुद मन्त्री लिम्बु


एबीसी न्यूज

काठमाडौं, २८ माघ ।  युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेल क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउदै आगामी बजेटमा खेलकुद मन्त्रालयको बजेट उलेख्य रुपमा बृद्धि गर्न पहल गरिरहेको बताएका छन् ।  आइतवार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित २०७९ साल फागुन १२ देखि १८ सम्म युएईमा आयोजना भएको ICC U-19 Men’s CWC-Asia Qualifier मा बिजेता बनेको नेपाली अण्डर १९ क्रिकेट टोली र एशियन बक्सिङ कन्फडेरेशनको आयोजनामा थाईल्याण्डको राजधानी बैंककमा सम्पन्न ASBC U-22 Asian Men & Women’s Boxing Championship मा पदक जितेका खेलाडी तथा प्रशिक्षकहरुलाई पुर्व घोषित नगद पुरस्कार हस्तान्तरण गर्दै मन्त्री लिम्बूले उक्त कुरा बताएका हुन । उनले प्रक्रियागत समस्याका कारण बिजयी खेलाडीहरुलाई सरकारबाट घोषित नगद पुरस्कार हस्तान्तरणमा ढिलाई भए पनि आगामी दिनमा त्यो समस्या नदोहोरिने आश्वसन दिए । बिजेता अण्डर १९ क्रिकेट खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ, मुख्य प्रशिक्षकलाई २ लाख रुपैयाँ, टिम व्यवस्थापक र फिजियोलाई १, १ लाख रुपैयाँ नगद पुरस्कार सम्मान सहित हस्तान्तरण गरिएको थियो । यसैगरि ASBC U-22 Asian Men & Women’s Boxing Championship मा रजत पदक जित्ने खेलाडी सुष्मा तामाङलाई ६ लाख रुपैयाँ, काश्य पदक बिजेताहरु हेमा राई, विशा जबेगु र विजय वाटालाई ३, ३ लाख रुपैयाँ, मुख्य प्रशिक्षक दिपक महर्जनलाई १ लाख ८ हजार रुपैयाँ र सहायक प्रशिक्षकलाई ७२ हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मानित गर्नुभयो । मन्त्रालयका सचिव रविलाल पन्थको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पुरस्कृत खेलाडीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com