ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले बिजनेस नदिँदा दुई महिनादेखि प्रदेशसभा बैठक बस्न सकेन


एबीसी न्यूज

काठमाडौ २८ माघ ।     मधेस प्रदेशसभा बैठक पछिल्लो दुई महिनादेखि बस्न सकेको छैन । पछिल्लो पटक गत मङ्सिर २० गते दोस्रो अधिवेशनको एघाराँ बैठक बसेर स्थगित गरिएको थियो । त्यसपछि अहिलेसम्म बैठक बस्न सकेको छैन् । गत २०७९पुस १५  मा प्रदेशसभाको दोस्रो कार्यकालका लागि चुनिएका प्रदेश सांसदले शपथ लिएयता पहिलो अधिवेशनको ३६ वटा र दोस्रो अधिवेशनको ११ गरी  ४७ वटा मात्र बैठक बसेको छ ।
सभामुख रामचन्द्र मण्डलले सरकारले बिजनेस नदिँदा प्रदेशसभा बैठक बस्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बिजनेस नै दिन नसक्दा प्रदेशसभा बैठक बस्न सकेको छैन । अब प्रदेशसभाको समितिमै छलफलमा रहेको विधेयकमाथि विचार विमर्श गरेर  छलफल गराउन प्रदेशसभा बैठक आह्वान गर्छौंँ ।”
प्रदेशसभाको दोस्रो कार्यकालमा आर्थिक र विनियोजन विधेयक बाहेक  नौ वटा विधेयक पेश गरिएकामा मधेश प्रदेशको केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, आर्थिक विधेयक २०८०, र मधेश प्रदेश विनियोजन विधेयक २०८० मात्र पारित भएको छ  ।
प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, प्रदेश बाल अधिकार ऐन २०७९ को पहिलो संशोधन, मधेश प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रदेश कृषि विकास विधेयक २०८० र स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० संसदीय समितिमा छलफलको क्रममा रहेको सभामुख मण्डलले बताउनुभयो ।
संसदीय समितिले ढिलोगरी पूर्णता पाएका कारण पनि विधेयक छलफल भएर पास हुन नसकेको उहाँको भनाई थियो । गत कात्तिक १४ मा मात्रै मधेश प्रदेशसभाको सातवटै संसदीय समितिको सभापति चयनले पूर्णता पाएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले प्रदेशसभा सञ्चालनका लागि सरकारलाई बिजनेस दिन दबाब दिइएको उल्लेख गर्नुभयो । यता मुख्यमन्त्री सरोज यादवलाई जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि अब विश्वासको मत लिनुपर्ने अवस्था रहेको छ । मधेश सरकारका प्रवक्ता रहनुभएका  गृह सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले बिजनेसका लागि प्रदेशसभामा विभिन्न विधेयक बाँकी नै रहेको बताउँदै उहाँले अब मुख्यमन्त्रीले विश्वासको मत लिएपछि निरन्तर प्रदेशसभा बैठक चल्ने उल्लेख गर्नुभयो ।
‘प्रदेशसभामा विधेयक बाँकी छ । टेबुल भएकै छ,’ मन्त्री समिमले भन्नुभयो, “केही विधेयक प्रदेश सभामा पेस गर्न तयार पारेर पनि राखिएको छ ।” गत माघ ९ गते जनमतका दुई मन्त्रीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए ।
अब बस्ने प्रदेशसभा बैठकमा संसदीय समितिमा छलफलको क्रममा रहेको विधेयक पास हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com