ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहरबासी र मध्यम वर्गसँग माओवादी अझै जोडिन सकेन -जनार्दन शर्मा


एबीसी न्यूज

काठमाडौ २८ माघ । नेकपा माओवादी केन्द्रका बागमती इन्चार्ज जनार्दन शर्माले पार्टी अझै पनि सहरबासी र मध्यम वर्गसँग जोडिन नसकेको बताएका छन्।

आइतबारदेखि राष्ट्रिय सभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै उपमहासचिव शर्माले ०६४ को उभारलाई जोगाउन नसक्दा माओवादीमा क्षयीकरण देखिएको पनि बताएका छन्।

रिपोर्टिङका क्रममा शर्माले तीन महिने अभियानका क्रममा बागमतीका १३ वटा जिल्लामा पार्टी केही सुदृढ भएको पनि जानकारी दिए।

तर, बागमतीका खासगरी उपत्यकाभित्र अझै पनि माओवादी छिर्न नसकेको निष्कर्ष उनले बैठकमा सुनाएको एक नेताले  बताए।

‘बागमती प्रदेशको सांस्कृतिक र सामाजिक संरचनाका आधारमा माओवादी काठमाडौंमा जोडिनुपर्यो। संघ(संस्थासँग जोडिएर जनतामाझ पुग्नुपर्यो’, उनले भने, ‘मध्यम वर्ग, सहरबासी र सुकुम्बासीहरूसँग जोडिएमा पार्टी बन्छ।’

शर्माले करिब बहुमतनजिकको ०६४ सालको उभारलाई जोगाउन नसक्दा माओवादीले जनमत गुमाउन पुगेको पनि सुनाए।

‘०६४ को निर्वाचनको उभारलाई हामीले जोगाउन सकेनौँ, क्यास गर्न सकेनौँ’, उनले भने, ‘पशुपति मन्दिर लगायतका घटनाहरूका कारण पनि समस्या भयो। अर्कातिर नेवार समुदायका चाडपर्वलाई पनि हामीले ख्याल गरेनौँ। पशुपति लगायतका घटनाले हामीलाई धक्का दियो।’

शर्माले सशस्त्र संघर्षका क्रममा पार्टीबाटै गाउँदेखि लखेटिएकाहरूले सहरी मनोविज्ञान नकारात्मक बनाउन भूमिका खेलेको पनि बताए।

‘गाउँ छाडेर सहर पसेकाहरू, संघर्षका क्रममा लखेटिएकाहरूले पनि माओवादीप्रति सहरिया मनोविज्ञान नकारात्मक बनाउन भूमिका खेले’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com