ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकारले डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छ : मन्त्री श्रेष्ठ


एबीसी न्यूज

सिन्धुली , २६ माघ । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले शिक्षामा विशेष लगानी गरेर डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको केही वर्षभित्रै अन्त्य गर्ने बताएका हुन् । शुक्रबार सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. २ हायुटार स्थित श्री मावि मरिण हायुटारको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले स्वरोजगारमूलक प्राबिधिक शिक्षामा पनि जोड दिने बताए । उनले गणतन्त्र प्राप्तिपछि पनि शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन गर्न नसकेको बताए । उनले शिक्षाले ज्ञान, सिप र संस्कृति एकसाथ सिकाउनु पर्ने भएपनि अहिलेको शिक्षाले यि तीनै कुरा राम्रो सँग सिकाउन नसकेको बताए ।

मन्त्री श्रेष्ठले जीवनोपयोगी गुणस्तरीय शिक्षाको लागि शैक्षिक नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले विश्वमा प्रतिस्पर्धा गर्नसक्ने नागरिक निर्माण गर्न राज्यले संविधानमा व्यवस्था भए अनुसार शिक्षामा कम्तिमा बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने बताए । उनले सबैभन्दा प्रतिस्पर्धी जनशक्ति शैक्षिक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए । उनले शिक्षामा गुणस्तर वृद्धि गर्न राज्य, शिक्षक, अभिभावक र विद्यार्थी सबै उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै यी ४ पक्षलाई खाटको ४ खुट्टाको संज्ञा दिए । भौतिक पूर्वाधार गुणस्तरीय शिक्षाको एउटा अंश मात्रै रहेको भन्दै मन्त्री श्रेष्ठले भौतिक पूर्वाधार सँगसँगै शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक र अभिभावकहरुलाई अनुरोध गरे ।

उनले प्राबिधिक शिक्षा भन्ने बित्तिकै डाक्टर, इन्जिनियर मात्रै भन्ने बुझाई समाजमा रहेकोे उल्लेख गर्दै प्राबिधिक शिक्षा डाक्टर, इन्जिनियर मात्रै नभएर स्वरोजगार बनाउने शिक्षा पनि भएको बताए । मन्त्री श्रेष्ठले लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको विषयलाई पाठ्यक्रममा राखेर पढाउनुपर्ने बताए । त्यसरी पढाउन नसक्दा अहिलेको नयाँ पुस्ताले राजनीतिक परिवर्तनको स्वामित्व ग्रहण नगर्ने खतरा बढिरहेको उनको भनाई छ । उनले प्रदेश सरकारले नयाँ पुस्तालाई हेरेर हरेक नीति, योजना, कार्यक्रमहरू बनाउँदै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com