ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तान चुनाव -प्रारम्भिक नतिजामा कडा टक्कर


एबीसी न्यूज
माघ २६, २०८० शुक्रबार  ३ : ५६ बजे

काठमाडौं, २६ माघ । पाकिस्तानको निर्वाचनमा इमरान खान, नवाज शरीफ र बिलावल भुट्टोको पार्टीबीच कडा टक्कर देखिएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार इमरान खानको पार्टी तहरिक–ए– इन्साफ ९पीटीआई०, बिलावल भुट्टोको पाकिस्तान पिपल्स पार्टी पीपीपी० र नवाज शरीफको पाकिस्तान मुस्लिम लीग–नवाज ९पीएमएल–एन० बीच कडा प्रतिस्पर्धा भइरहेको छ । उनीहरुबीच उछिनपाछिन जारी छ ।

शुक्रबार मध्याह्न पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार इमरान खान र भुट्टोका पार्टीका उम्मेदवारहरुले समान २२र२२ सिट जितेका छन् । नवाज शरीफको पार्टीले १८ सिट जितेको छ ।

पीटीआईका केन्द्रीय सचिव रहुफ हसनले आफ्ना उम्मेदवारले १२५ सिटमा अग्रता कायम गरिरहेको जिकिर गरेका छन् । ‘हालसम्मको स्थिति हेर्दा हामी कम्तिमा चार वटा प्रान्त सहित केन्द्रीय सरकारको नेतृत्व गर्ने स्थितिमा छौँ,’ उनले एक्समा भनेका छन् ।

२६५ संघीय सदनका निर्वाचन क्षेत्रका मत हाल गणना भइरहेको छ । यस्तै ५९३ प्रान्तीय सदनका मत समेत गणना भइरहेका छन् । निर्वाचन विहीबार भएको थियो । मतदाताहरु निर्वाचन प्रक्रिया धाँधलीरहित हुनेमा आशंका गर्दै मतदानमा सरिक भएका थिए ।

धेरैको अनुमान इमरान खानको पार्टी हार्ने र नवाज शरीफको पार्टीले जित्छ भन्ने थियो । किनभने इमरान खान जेलमा भएको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न प्रतिबन्ध लगाइएकाले नवाज शरीफ नेतृत्वको पार्टीले धेरै स्थानमा चुनाव जित्ने प्रक्षेपणहरु सार्वजनिक भएका थिए । इमरान खानको पार्टी पीटीआईका कतिपय उम्मेदवारहरु जेलमा बन्द छन् । उनीहरु बन्दी अवस्थामै चुनाव लडेका छन् ।

मतदान सकिएलगत्तै सुरु भएको मतगणनाको प्रारम्भिक रुझानमै इमरान खानका उम्मेदवारहरुले अग्रता कायम गरेका थिए । अहिले सार्वजनिक भइरहेका प्रारम्भिक नतिजाले मतदाता स्वयंलाई आश्चर्यमा पारेको छ । नवाज शरीफको पार्टी पछि परेपछि नतिजा सार्वजनिक हुन ढिलाइ भइरहेका मिडियो रिपोर्ट सार्वजनिक भइरहेका छन् । तर यो सत्य हो कि संयोगमात्र हो भन्ने पुष्टि भइसकेको छैन । यद्यपि निर्वाचन आयोगले छिटो मत परिणाम सार्वजनिक गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । मतगणनामा हुनसक्ने संभावित धाँधलीलाई रोक्नुपर्ने र छिटो नतिजा सार्वजनिक हुनुपर्ने माग गर्दै कार्यकर्ताहरुले सडकमा उत्रिएर प्रदर्शन जारी राखेका छन् ।

नवाज शरीफलाई हार स्वीकार गर्न आग्रह

प्रारम्भिक मतपरिणामबाट पीटीआई उत्साही बनेको छ । उसले नवाज शरिफलाई हार स्वीकार गर्न भनिसकेको छ । ‘दिउँसै लुट मच्चाउने प्रवृत्तिलाई अब पाकिस्तानी जनताले स्वीकार गर्ने छैन । हार मान्दै पाकिस्तानी जनताले तिमीलाई स्वीकार नगर्नेमा विश्वास गर,’ पीटीआईको आधिकारिक ह्याण्डलबाट एक्समा लेखिएको छ ।

प्रारम्भिक निर्वाचन परिणाममा अपेक्षाकृत नतिजा नआएपछि पीएमएल–एनका नेताहरु कहीँ कतै देखानपरेको द डनले लेखेको छ । टिभी च्यानलहरुले पनि स्वतन्त्र रुपमा निर्वाचन जितेकाहरुलाई प्राथमिकता दिँदै समाचार सम्प्रेषण गरिरहेको द डनले उल्लेख गरेको छ ।

निर्वाचन परिणाबाट उत्साही बिलावल भुट्टो जरदारीले भनेका छन्, ‘पीपीपीका उम्मेदवार र हामीले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरुको जितले हामी निकै उत्साही छौँ । यो क्रम जारी नै रहनेछ भन्ने विश्वास रहेको छ ।’

उनले गठबन्धन सरकार निर्माणमा आफ्नो दल सहयोगी हुने कुरा निर्वाचन अगाडिदेखि नै भन्दै आएका थिए । इमरानप्रति भरोसा राख्ने मतदाताहरुलाई उनले धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

राजविराजको ‘चामत्कारिक माला’ घटना: मिडियाको दिग्भ्रमित सर्कस र तथ्यको पोस्टमार्टम

टस इटालीको पक्षमा, वानखेडेमा पहिले ब्याटिङ गर्दै नेपाल

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

थाइल्याण्डको चुनावले स्पष्ट सन्देश: सामाजिक सञ्जालको ट्रेन्ड नै मत परिणाम होइन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com