ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तान चुनाव -प्रारम्भिक नतिजामा कडा टक्कर


एबीसी न्यूज

काठमाडौं, २६ माघ । पाकिस्तानको निर्वाचनमा इमरान खान, नवाज शरीफ र बिलावल भुट्टोको पार्टीबीच कडा टक्कर देखिएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार इमरान खानको पार्टी तहरिक–ए– इन्साफ ९पीटीआई०, बिलावल भुट्टोको पाकिस्तान पिपल्स पार्टी पीपीपी० र नवाज शरीफको पाकिस्तान मुस्लिम लीग–नवाज ९पीएमएल–एन० बीच कडा प्रतिस्पर्धा भइरहेको छ । उनीहरुबीच उछिनपाछिन जारी छ ।

शुक्रबार मध्याह्न पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार इमरान खान र भुट्टोका पार्टीका उम्मेदवारहरुले समान २२र२२ सिट जितेका छन् । नवाज शरीफको पार्टीले १८ सिट जितेको छ ।

पीटीआईका केन्द्रीय सचिव रहुफ हसनले आफ्ना उम्मेदवारले १२५ सिटमा अग्रता कायम गरिरहेको जिकिर गरेका छन् । ‘हालसम्मको स्थिति हेर्दा हामी कम्तिमा चार वटा प्रान्त सहित केन्द्रीय सरकारको नेतृत्व गर्ने स्थितिमा छौँ,’ उनले एक्समा भनेका छन् ।

२६५ संघीय सदनका निर्वाचन क्षेत्रका मत हाल गणना भइरहेको छ । यस्तै ५९३ प्रान्तीय सदनका मत समेत गणना भइरहेका छन् । निर्वाचन विहीबार भएको थियो । मतदाताहरु निर्वाचन प्रक्रिया धाँधलीरहित हुनेमा आशंका गर्दै मतदानमा सरिक भएका थिए ।

धेरैको अनुमान इमरान खानको पार्टी हार्ने र नवाज शरीफको पार्टीले जित्छ भन्ने थियो । किनभने इमरान खान जेलमा भएको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न प्रतिबन्ध लगाइएकाले नवाज शरीफ नेतृत्वको पार्टीले धेरै स्थानमा चुनाव जित्ने प्रक्षेपणहरु सार्वजनिक भएका थिए । इमरान खानको पार्टी पीटीआईका कतिपय उम्मेदवारहरु जेलमा बन्द छन् । उनीहरु बन्दी अवस्थामै चुनाव लडेका छन् ।

मतदान सकिएलगत्तै सुरु भएको मतगणनाको प्रारम्भिक रुझानमै इमरान खानका उम्मेदवारहरुले अग्रता कायम गरेका थिए । अहिले सार्वजनिक भइरहेका प्रारम्भिक नतिजाले मतदाता स्वयंलाई आश्चर्यमा पारेको छ । नवाज शरीफको पार्टी पछि परेपछि नतिजा सार्वजनिक हुन ढिलाइ भइरहेका मिडियो रिपोर्ट सार्वजनिक भइरहेका छन् । तर यो सत्य हो कि संयोगमात्र हो भन्ने पुष्टि भइसकेको छैन । यद्यपि निर्वाचन आयोगले छिटो मत परिणाम सार्वजनिक गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । मतगणनामा हुनसक्ने संभावित धाँधलीलाई रोक्नुपर्ने र छिटो नतिजा सार्वजनिक हुनुपर्ने माग गर्दै कार्यकर्ताहरुले सडकमा उत्रिएर प्रदर्शन जारी राखेका छन् ।

नवाज शरीफलाई हार स्वीकार गर्न आग्रह

प्रारम्भिक मतपरिणामबाट पीटीआई उत्साही बनेको छ । उसले नवाज शरिफलाई हार स्वीकार गर्न भनिसकेको छ । ‘दिउँसै लुट मच्चाउने प्रवृत्तिलाई अब पाकिस्तानी जनताले स्वीकार गर्ने छैन । हार मान्दै पाकिस्तानी जनताले तिमीलाई स्वीकार नगर्नेमा विश्वास गर,’ पीटीआईको आधिकारिक ह्याण्डलबाट एक्समा लेखिएको छ ।

प्रारम्भिक निर्वाचन परिणाममा अपेक्षाकृत नतिजा नआएपछि पीएमएल–एनका नेताहरु कहीँ कतै देखानपरेको द डनले लेखेको छ । टिभी च्यानलहरुले पनि स्वतन्त्र रुपमा निर्वाचन जितेकाहरुलाई प्राथमिकता दिँदै समाचार सम्प्रेषण गरिरहेको द डनले उल्लेख गरेको छ ।

निर्वाचन परिणाबाट उत्साही बिलावल भुट्टो जरदारीले भनेका छन्, ‘पीपीपीका उम्मेदवार र हामीले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरुको जितले हामी निकै उत्साही छौँ । यो क्रम जारी नै रहनेछ भन्ने विश्वास रहेको छ ।’

उनले गठबन्धन सरकार निर्माणमा आफ्नो दल सहयोगी हुने कुरा निर्वाचन अगाडिदेखि नै भन्दै आएका थिए । इमरानप्रति भरोसा राख्ने मतदाताहरुलाई उनले धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com