काठमाडौं, २६ माघ । नेपाल आयल निगममा कार्यकारी निर्देशक बन्न आवेदन दिएकाहरुको अन्तर्वार्ता तथा प्रस्तुति फागुन पहिलो सातादेखि सुरु हुने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २ फागुनदेखि ५ फागुनसम्म उम्मेदवारहरुको अन्तर्वार्ता तथा प्रस्तुति हुने भएको छ ।
मन्त्रालयले बिहान ७ बजेदेखि अन्तर्वार्ता तथा प्रस्तुतीकरण हुने जनाएको छ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि ई। कमलेन्द्रलाल कर्ण, डा। उत्तरकुमार रेग्मी, ई। डा डोलप्रसाद चापागाईं, ई। सहदेव चन्द प्रतिस्पर्धामा छन् ।
यसैगरी पंकजकुमार दास, रामदेव यादव, सञ्जिवकुमार देव, दिलीप शेखर श्रेष्ठ, माधव रेग्मी, चण्डिकाप्रसाद भट्ट, बसन्तकुमार पाण्डे, डोलिन्द्रप्रसाद शर्मा र शत्रुघ्नप्रसाद पुडासैनी समेत प्रतिस्पर्धामा छन् ।
मन्त्रालयले दरखास्त दिएकाको सूची ३ माघमा स्वीकृत गरी प्रकाशन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्