ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनमा रुसलाई हराउन सम्भव छैन पुटिन


एबीसी न्यूज

काठमाडौं, २६ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसलाई हराउनु असम्भव रहेको बताएका छन्। तर, पोल्यान्ड र लाट्भियाजस्ता मुलुकमा युद्ध विस्तार गर्ने आफ्नो चाहना नरहेको उनको भनाइ छ।

अमेरिकी सञ्चारकर्मी टकर कार्लसनलाई दुई घण्टा लामो अन्तर्वार्ता दिँदै पुटिनले युक्रेनमा आक्रमण गर्नु अत्यावश्यक कदम भएको दोहोर्याएका छन्। युरोपमा सीमा विस्तार गर्ने आफ्नो कुनै चाहना नरहेको भन्दै आफूमाथि आक्रमण भए मात्र छिमेकी मुलुकमा सेना पठाउने बताए।

‘यो बिल्कुल असम्भव कुरा हो। यति बुझ्न कुनै विश्लेषक हुनु जरुरी छैन। कुनै पनि विश्वव्यापी युद्धमा सहभागी हुनु सहजबुद्धिभन्दा बाहिरको कुरा हो,’ सामाजिक सञ्जालमा पोस्ट गरिएको सो अन्तर्वार्तामा पुटिनले भनेका छन्, ‘र, विश्वयुद्धले सम्पूर्ण मानवजातिलाई विनाशको सँघारमा पुर्‍याउनेछ।’

 

अमेरिकाले युक्रेनलाई हतियार दिन बन्द गरे मात्रै युद्धको शान्तिपूर्ण समाधान सम्भव भएको बताए।

‘साँच्चै लडाइँ बन्द होस् भन्ने चाहेको हो भने तपाईंले हतियार आपूर्ति बन्द गर्नुपर्छ। त्यसपछि केही हप्ताभित्रै लडाइँ समाप्त हुनेछ। कुरा त्यही हो। त्यसपछि हामी कुनै सर्तमा सहमत हुनसक्छौँ। त्यसअघि तपाईंले रोक्नपर्‍यो,’ उनले भनेका छन्।

आफूले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग शान्तिवार्ताको प्रस्ताव कहिल्यै पनि अस्वीकार नगरेको बताए।

अन्तर्वार्ताका पाँच उल्लेख्य कुरा यसप्रकार छन्ः

‘इलोन मस्क रोकिँदैनन्’
चेंगिज खाँदेखि रोमन साम्राज्यसम्मको इतिहासको पाठ सुनाएपछि पुटिनले मानवजातिको भविष्यबारे आफ्नो विचार व्यक्त गरे।

एक व्यक्तिले ‘सुपरह्युमन’ सिर्जना गर्न ठूलो छलाङ मारिरहेको उनले बताए।

‘उसोभए एआई साम्राज्य कहिलेबाट सुरु होलारु’ कार्लसन सोध्छन्।

पुटिनले आफू विज्ञ नभएको बताए। तर, यो कुरा इलोन मस्कलाई थाहा हुनसक्ने उनको भनाइ थियो।

‘मानवजातिले अहिले वंशाणु अध्येताहरुका कारण कयौँ खतरा सामना गरिरहेको छ। अब सुपरह्युमन बनाउन सम्भव हुनसक्छ। वंशाणु परिवर्तन गरिएका खेलाडी, वैज्ञानिक, सैनिक। इलोन मस्कले मानिसको दिमागमा चिप राखिसकेको खबर छ। मलाई लाग्छ, इलोन मस्क रोकिँदैनन्। उनलाई मन लागेको उनी गर्छन्,’ उनले भने।

विश्वयुद्धको धम्की
युक्रेनमा सेना पठाउने निर्णय नगर्न पनि उनले अमेरिकालाई चेतावनी दिए।

‘यदि कसैसँग नियमित सेना पठाउने चाहना छ भने त्यसले मानवजातिलाई गम्भीर विश्वयुद्धको सँघारमा पुर्‍याउनेछ,’ पुटिनले भने।

अमेरिकाले घरेलु मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो।

‘तपाईंसँग गर्ने कुनै काम छैनरु तपाईंको सीमामा समस्या छ, आप्रवासन, राष्ट्रिय ऋण ३३ ट्रिलियनभन्दा ज्यादा छ,’ पुटिनले भने।

‘नर्ड स्ट्रिमको विस्फोट सीआईएले गरायो’
रुसबाट फिनल्यान्ड हुँदै जर्मनी ल्याइएको नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोट सीआईएले गराएको उनको भनाइ छ।

पश्चिमाहरुले त्यो रुसले गराएको दाबी गरेका थिए। पछि उनीहरुले युक्रेनले गराएको बताएका थिए।

कार्लसनले पुटिनलाई सोधे, ‘नर्ड स्ट्रिम कसले पड्कायोरु’

पुटिनले जवाफ दिए, ‘तपाईंहरुले हो नि।’

कार्लसनले मजाक गरे, ‘त्यो दिन म व्यस्त थिएँ।’

पुटिनको जवाफ दियो, ‘सीआईएसँग त्यस्तो साक्षी छैन।’

प्रमाण दिन आग्रह गर्दा पुटिनले पाइपलाइन विस्फोट गराउने चाहना र शक्ति दुवै भएकालाई हेर्न आग्रह गरे।

‘अहंकारी’ बोरिस जोनसनले शान्ति सम्झौता भाँडे
पुटिनले तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोनसनले २०२२ मा टर्कीको सहयोगमा हुन लागेको शान्तिवार्ता भाँडेको बताएका छन्।

‘तिनले जोनसनको माग वा तर्क माने। यो हास्यास्पद कुरा हो,’ पुटिनले भने, ‘अहिले जोनसन कहाँ छन्। र, युद्ध चाहिँ जारी छ।’

उनले किन त्यसो गरे भन्ने प्रश्नमा पुटिनको उत्तर थियो, ‘मलाई थाहा छैन, सायद अहंकारको कारण। शुद्ध मनका कारण। तर गतिलो दिमागका कारण होइन।’

पत्रकार एभन गेर्स्कोभिचलाई ‘छाड्न सकिन्छ’
वाल स्ट्रिट जर्नलका रिपोर्टरलाई कैदी सट्टापट्टा छाड्ने सकिने संकेत पनि उनले गरे। जासुसीको आरोपमा उनी एक वर्षदेखि जेलमा छन्।

दुई मुलुकबीच अनौपचारिक माध्यमबाट यसबारे वार्ता भइरहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com