ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबार बोलायो


एबीसी न्यूज

काठमाडौं, २५ माघ । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएको छ ।

समितिले बोलाएपछि अहिले उनी समितिको कार्यालयमा पुगेर बयान दिइरहेको उच्च स्रोतले बतायो ।  विद्युतीय सिगरेट भेप मा लुकाएर तस्करी भएको ९ किलो सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएको थियो । यही प्रकरणका उनका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले उनलाई पक्राउ गरेको थियो ।

महरालाई भने बयान कागज गराएर छाडिएको थियो । त्यसबेला सीआईबीसँग उनले ती चिनियाँ नागरिकसँग फलफूल व्यवसायीका रुपमा मात्र चिनजान भएको बताएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भेप बरामद गरेपछि छुटाउनलाई उनले तत्कालीन भन्सारका प्रमुख प्रशासकलाई फोन गरेका गरेका थिए । शंका लागेपछि भन्सारले जाँच गर्दा गोदाममा भएको भेप नै परिवर्तन गरिएको खुलेको थियो ।

त्यसक्रममा अनुसन्धान गर्न विमानस्थल भन्सारका नायब सुब्बा रेवन्त खड्कासमेतको मिलेमतोमा भेप साटफेर गरेको अनुसन्धानबाट खुलेको थियो । खड्काको बयानबाट भेपभित्र सुन रहेको खुलेको थियो, त्यसपछि यो मामलामा थप छानबिन गरिदिन भन्दै भन्सारले सीआईबीलाई पत्राचार गरेको थियो ।

सीआईबीले गरेको अनुसन्धानका क्रममा चिनियाँ नागरिकसँग पूर्वसभामुख महरा बाबुछोराको सम्पर्क रहेको देखिएको थियो । तर, प्रहरी अनुसन्धान त्यसबेला भेप चोरीमा मात्र केन्द्रीत भयो, सुन ल्याउने समूहविरुद्ध अनुसन्धान भएन ।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता हुँदा सम्पर्क विवरणसहितको चार्ट सार्वजनिक भएपछि यो मामलामा महरा बाबुछोराको संलग्नता बाहिर आएको थियो । त्यसपछि व्यापाक दबाबबीच प्रहरीले फेरि अनुसन्धान गरेर राहुल महरालाई पक्राउ गरेको थियो भने पूर्वसभामुख महरालाई कागज गराएर छाडेको थियो ।

सरकारले गरेको सुनसम्बन्धी अनुसन्धानमा चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले लामो समयसम्म संसद् अवरोध गरेपछि छानबिन समिति बनाउने निर्णय भएको थियो । त्यसक्रममा सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा समिति बनाएको थियो ।

समितिले भने भेपमार्फत भएको सुन तस्करी, ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन तस्करी लगायतका मामलामा छानबिन गरिरहेको छ । ती घटनाहरुमा जोडिएका विभिन्न व्यक्तिहरुसँग फेरि बयान, सोधपुछ र स्थलगत अध्ययन गरेर गरेर तथ्य संकलन गर्ने काम भइरहेको समितिका एक सदस्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com