ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाहका दिन बेपत्ता भएका बेहुला भारतमा रहेको खुलासा


एबीसी न्यूज
फाल्गुन ५, २०७४ शनिबार   ८ : ५०   बजे

नवलपरासी, ५ फागुन । विवाहको दिन बेपत्ता भएका बेहुलाको घटनाका बारेमा नयाँ तत्थ्य सार्वजनिक भएको छ ।

नवलपरासीको गैँडाकोट नगरपालिका –१४, अमरापुरी बस्ने २९ वर्षका बालकृष्ण खरेल माघ २२ गते रातिदेखि बेपत्ता भएका थिए । २२ गते नै विवाहको मिति तय भएकोमा एकाएक बेपत्ता भएका बेहुलाका वारेमा भएको प्रहरीको अनुसन्धान पछि तत्थ्य शुक्रबार प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले अनुसन्धानको क्रममा अपहरणमा परेको आशंका गरिएका खरेल अपहरणमा नपरेको र आफूखुशी घर छाडेर गएको देखिएको जनाएको छ ।

परिवारले बेपत्ता भएको भन्दै खोजीका लागि निवेदन दिएपश्चात अनुसन्धानमा लागेको प्रहरीको टोलीले बालकृष्णको मोबाइलको लोकेसनको आधारमा खोजी गर्दा भारतमा देखिएको र त्यही लोकेसनको आधारमा उनका बारेमा थप तथ्यहरु पत्ता लागेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीका अनुसार बालकृष्णले संचालन गरेको फेसबुकको आधारमा भारतमा रहेको देखिएपछि भारतीय प्रहरीको सहायतामा अनुसन्धान थालिएको थियो ।

त्यसै क्रममा बालकृष्ण सुन्दर गेष्ट हाउस गोरखपुरमा गई माघ ७ गतेदेखि माघ २७ गतेसम्म एक्लै बसेको होटलको रजिष्टर रेकर्डमा देखिएको छ । होटलमा राखिएको परिचयपत्रको फोटोकपी, होटलवाला र कामदारको भनाई र सिसिटिभी फुटेजको आधारमा समेत उनी त्यहाँ बसेको प्रमाणित भएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो । होटलमा एक्लै बसेकाले बालकृष्ण अपहरणमा परेको नदेखिएको समेत उहाँले बताउनुभयो ।
विवाह गर्न लागि लागिएकी युवतीलाई फेसबुकमा म्यासेज
बालकृष्णले आफूले विवाह गर्न लागेकी युवतीलाई समेत फेसबुकमार्फत म्यासेज पठाए पछि उनी अपहरणमा नपरी आफै घर छाडी भागेको थप पुष्टि भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएको भनिएको केही दिनपछि उनले विवाह गर्न लागेकी यवतीलाई फेसबुकमा म्यासेज पठाएका थिए ।बालकृष्णले म्यासेजमा ‘सायद गडको चाहना नै यही थियो कि म तिम्रो लायक थिइन, सो आई कान्ट से सरी, बट आई एम रिएली सरी, म तिम्रो लागि सरी भन्न त सक्छु, माफी लायक छैन’ भन्दै पठाएको पाइएको प्रहरीले जनाएको छ ।

 

यसबीचमा उनले सन्तोष भन्ने साथीलाई ‘मिसन फर समथिङ न्यु ईज फिनिस्ड, होप आई एम नट एक्सक्युज पर्सन बट सरी फर अल, आई एम सो सो सरी’ लेखेर म्यासेज गरेको देखिएकाले बालकृष्ण आफूखुशी घर छाडेर गएको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group