ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाहका दिन बेपत्ता भएका बेहुला भारतमा रहेको खुलासा


एबीसी न्यूज

नवलपरासी, ५ फागुन । विवाहको दिन बेपत्ता भएका बेहुलाको घटनाका बारेमा नयाँ तत्थ्य सार्वजनिक भएको छ ।

नवलपरासीको गैँडाकोट नगरपालिका –१४, अमरापुरी बस्ने २९ वर्षका बालकृष्ण खरेल माघ २२ गते रातिदेखि बेपत्ता भएका थिए । २२ गते नै विवाहको मिति तय भएकोमा एकाएक बेपत्ता भएका बेहुलाका वारेमा भएको प्रहरीको अनुसन्धान पछि तत्थ्य शुक्रबार प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले अनुसन्धानको क्रममा अपहरणमा परेको आशंका गरिएका खरेल अपहरणमा नपरेको र आफूखुशी घर छाडेर गएको देखिएको जनाएको छ ।

परिवारले बेपत्ता भएको भन्दै खोजीका लागि निवेदन दिएपश्चात अनुसन्धानमा लागेको प्रहरीको टोलीले बालकृष्णको मोबाइलको लोकेसनको आधारमा खोजी गर्दा भारतमा देखिएको र त्यही लोकेसनको आधारमा उनका बारेमा थप तथ्यहरु पत्ता लागेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीका अनुसार बालकृष्णले संचालन गरेको फेसबुकको आधारमा भारतमा रहेको देखिएपछि भारतीय प्रहरीको सहायतामा अनुसन्धान थालिएको थियो ।

त्यसै क्रममा बालकृष्ण सुन्दर गेष्ट हाउस गोरखपुरमा गई माघ ७ गतेदेखि माघ २७ गतेसम्म एक्लै बसेको होटलको रजिष्टर रेकर्डमा देखिएको छ । होटलमा राखिएको परिचयपत्रको फोटोकपी, होटलवाला र कामदारको भनाई र सिसिटिभी फुटेजको आधारमा समेत उनी त्यहाँ बसेको प्रमाणित भएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो । होटलमा एक्लै बसेकाले बालकृष्ण अपहरणमा परेको नदेखिएको समेत उहाँले बताउनुभयो ।
विवाह गर्न लागि लागिएकी युवतीलाई फेसबुकमा म्यासेज
बालकृष्णले आफूले विवाह गर्न लागेकी युवतीलाई समेत फेसबुकमार्फत म्यासेज पठाए पछि उनी अपहरणमा नपरी आफै घर छाडी भागेको थप पुष्टि भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएको भनिएको केही दिनपछि उनले विवाह गर्न लागेकी यवतीलाई फेसबुकमा म्यासेज पठाएका थिए ।बालकृष्णले म्यासेजमा ‘सायद गडको चाहना नै यही थियो कि म तिम्रो लायक थिइन, सो आई कान्ट से सरी, बट आई एम रिएली सरी, म तिम्रो लागि सरी भन्न त सक्छु, माफी लायक छैन’ भन्दै पठाएको पाइएको प्रहरीले जनाएको छ ।

 

यसबीचमा उनले सन्तोष भन्ने साथीलाई ‘मिसन फर समथिङ न्यु ईज फिनिस्ड, होप आई एम नट एक्सक्युज पर्सन बट सरी फर अल, आई एम सो सो सरी’ लेखेर म्यासेज गरेको देखिएकाले बालकृष्ण आफूखुशी घर छाडेर गएको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com