ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा ५ करोड फिरौती माग्दै धम्क्याउने २ जना पक्राउ


एबीसी न्यूज

काठमाडौं, २५ माघ । पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालकिा घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् ।

बुधबार साँझ पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । उनीहरुले पोखरा महानगरपालिका–१६, लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत धम्क्याएको आरोप छ । गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् । उनी उक्त केन्द्रको केन्द्रीय अध्यक्षसमेत हुन् ।

पक्राउ परेका २ जनाले फोन तथा म्यासेजमा हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘फोन तथा एसएमएसमार्फत निजसँग ५ करोड रुपैयाँ फिरौती मागेको देखिन्छ । त्यो म्यासेज पनि हामीले पाइसकेका छौं’, एसपी थापाले भने, ‘फिरौती नदिएमा निजको परिवार र निजलाई पनि ज्यान मार्ने धम्की दिइएको पाइयो ।’

कसरी बनाएका थिए योजना ?

सच्चाई सेवा केन्द्र चलाइरहेका प्रकाश गैरेले केन्द्रको गतिविधि सामाजिक सञ्जाल युट्युबमा राख्दै आएका थिए । पक्राउ परेका मुख्य आरोपी लक्ष्मण दर्जीले त्यही युट्युबमार्फत नै गैरेबारे जानकारी लिएको प्रारम्भिक बयानका क्रममा बताएका छन् ।

‘८ वटा पान्नामा विभिन्न नेता, व्यापारी, उद्योगी, व्यवसायीलगायत ठूलाठूला मान्छेको नाम लेखिएका छन् । कोहीकोहीका त सन्तानको पनि नाम लेखिएका छन्’, एसपी थापाले भने ।
युट्युबबाट गैरेबारे जानकारी लिइसकेपछि उनी पैसा दिन सक्ने व्यक्ति भएको अनुमान गरी दर्जी माघ १३ गते सच्चाई केन्द्र गएका थिए । ‘त्यहाँ १–२ घन्टा बसेर बसेर गैरेको टेलिफोन नम्बर लिएर आएको देखिन्छ’, एसपी थापाले भने ।

गैरेको नम्बर पत्ता लगाइसकेपछि उनीहरुले माघ ११ गते पहिलो पटक हिन्दी भाषामा धम्कीपूर्ण म्यासेज पठाएका थिए । म्यासेजमा उनीहरुले आइतबारसम्म ५ करोड रुपैयाँ व्यवस्था गर्न र उक्त पैसा दिने ठाउँ र समय आफूहरुले तोक्ने उल्लेख गरेका थिए ।

पहिलो पटक धम्की दिइसकेपछि माघ २० फेरि उनीहरु दीपस्थित सच्चाई सेवा केन्द्रमा पुगे । ‘आफूहरुले धम्की दिइसकेपछि त्यसको असर कत्तिको परेको छ भनेर बुझ्न फेरि सच्चाई सेवा केन्द्रमा गएको देखिन्छ’, एसपी थापाले भने, ‘२३ गते पनि उनीहरु सच्चाई केन्द्रमा गएर आधा घन्टा बसेका छन् ।’

त्यही क्रममा २४ गते भने उनीहरु पक्राउ परे । ‘हामीलाई फिरौती माग्दै ज्यान मार्ने धम्की दिएको सूचना आएपछि नै एकहप्तादेखि पिछा गरिहेका थियौं’, एसपी थापाले भने ।

लिस्टमा शीर्ष नेतासहित ३५ जनाको नाम

प्रहरीले उनीहरुको साथबाट लागूऔषध गाँजा, धम्क्याउन प्रयोग गरिएको सिमकार्ड, मोबाइल सेट, किताब, हातहतियार तथा विभिन्न व्यक्तिको नाम लेखिएको ८ वटा शंकास्पद पान्ना पनि फेला परेको छ ।

प्रहरीका अनुसार उनीहरुबाट बरामद भएको पान्नामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवासहित ३५ जनाभन्दा बढी नेता, व्यवसायी तथा उद्योगीको नाम छ ।

 

‘८ वटा पान्नामा विभिन्न नेता, व्यापारी, उद्योगी, व्यवसायीलगायत ठूलाठूला मान्छेको नाम लेखिएका छन् । कोहीकोहीका त सन्तानको पनि नाम लेखिएका छन्’, एसपी थापाले भने, ‘३५ भन्दा बढी व्यक्तिको नाम लेखिएको पान्ना बरामद भएको छ ।’

उनीहरुबाट पक्राउ परेका सामानबाट विभिन्न ‘कोड’ भाषा प्रयोगबारे पनि खुल्न आएको प्रहरीले जनाएको छ । ‘बिग मनी, बिग टार्गेट, किडन्याप, फिरौती, सुटआउट, प्रोटेक्सन मनी, रिचकिड्स’ लगायतका शब्द प्रयोग गरिएको सामग्रीसमेत फेला परेको एसपी थापाले खुलाए ।

पक्राउ परेका दुवैजनालाई लागूऔषध, हातहतियार तथा खरखजाना र आपराधिक लाभ गरी ३ वटा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

योजनाबद्ध गतिविधि

ज्यान मार्ने धम्कीसहित फिरौती मागेको आरोपमा पक्राउ परेका दर्जी र क्षेत्री पहिल्यै नजिकको साथी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका दर्जी एक महिनाअघिमात्रै वैदेशिक रोजगारबाट नेपाल आएका थिए ।

दर्जी ४ वर्ष कतार बसेर नेपाल आएका थिए । नेपाल आउनेबित्तिकै क्षेत्रीसँग मिलेर पोखरा महानगरपालिका– ८ जाल्पारोडमा कोठा भाडामा लिएर योजनाबद्ध रुपमा लागेको देखिएको एसपी थापाले बताए ।

‘एक महिनाअघि विदेशबाट आउनेबित्तिकै कोठा भाडामा लिएर यो योजना अगाडि बढाएको देखिन्छ’, कास्कीका प्रहरी प्रमुख थापाले भने, ‘यही योजनाका साथ विदेशबाट आएको हो वा होइन, अनुसन्धान अघि बढाएका छौं ।’

पहिले पनि पक्राउ परेका थिए क्षेत्री

ज्यान मार्ने धम्कीसहित फिरौती मागेको आरोपमा पक्राउ परेका क्षेत्री पटके अभियुक्त हुन् । उनी यसअघि पनि २ पटक विभिन्न मुद्दा खेपिसकेको प्रहरीले जनाएको छ ।

क्षेत्री यसअघि २०७९ सालमा जिल्ला प्रहरी कार्यालय, पर्वतबाट हात हतियार तथा खरखजाना मुद्दा र २०७१ सालमा सार्वजनिक मुद्दामा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com