ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री यादव- स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो


एबीसी न्यूज

काठमाडौं, २५ माघ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य मन्त्रीले उम्मेदवारको सिफारिस गरेर नपठाउँदा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा ढिलाइ भएको बताएका छन् ।

‘स्वास्थ्य मन्त्रीले म कहाँ सिफारिस गरेर पठाएको भोलिपल्टै उपकुलपति नियुक्त गरेर पठाइदिन्छु । ढिलाइ उतै भएको छ,’ प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री यादवले भने ‘अब दुईरतीनदिन भित्रै मेरो हातमा सिफारिस आइपुग्छ । म नियुक्ति गरिदिन्छु ।’

मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले आफ्ना मान्छेलाई उपकुलपति बनाउन हानथाप चलिरहेको कारण नियुक्तिमा ढिलाइ भएको समाचार अनलाइनखबरले सार्वजनि गरेको थियो ।

मुख्यमन्त्री यादवले उपकुलपति सिफारिसका लागि आफूले कुनै हस्तक्षेप नगरेको समेत दाबी गरे । स्वास्थ्यमन्त्री सिंह कांग्रेसका हुन् ।

२५ जेठमा प्रतिष्ठानका उपकुलपति डा। रामकेवल साहको निधन भए पनि १० महिना बित्न लाग्दासमेत पद रिक्त छ ।

उपकुलपतिको अभावमा तीनपटक गरेको करार कर्मचारी भर्ना विज्ञापन अनुसार भर्ना लिन नसक्दा प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुर र पठनपाठनमा समस्या भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि १८ असोजमा दरखास्त आहृवान गरेको थियो । १५ र २१ कार्तिकमा ९ उम्मेदवारको नामावलीको दरखास्त परेको नामावली प्रकाशन गरेको थियो ।

मन्त्रालय स्रोतका अनुसार दरखास्त दिएका डा। विद्यानाथ यादव ९सप्तरी० जसपा अध्यक्ष उपेन्द्र यादका सम्धी हुन् । डा।रमेशप्रसाद सिंह ९सर्लाही० स्वास्थ्यमन्त्री सिंहका जिल्लावासीसँगै निकटस्थ हुन् भने प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा। अंकुर साह निमित्त उपकुलपति पनि छन् ।

मुख्यमन्त्रीले उपेन्द्रका सम्धी विद्यानाथ र स्वास्थ्य मन्त्रीले रमेश प्रसादलाई बनाउने स्वार्थमा विवाद हुँदा ढिलाइ भइरहेको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

तर, मुख्यमन्त्री यादवले उपेन्द्र यादवको सम्धीलाई उपकुलपति बनाउन कुनै भूमिका नखेलेको दाबी गरे ।

‘उपेन्द्रजीको सम्धीको सिफारिस गर्न मैले कहिल्यै भनेकै छैन । मन्त्रालयको स्वास्थ्य समितिले सिफारिस गरेकोबाट जसको नाम १ नम्बरमा आउँछ । म उनैलाई उपकुलपतिमा नियुक्ति गर्छु’ मुख्यमन्त्री यादवले भने, ‘म मुख्यमन्त्री हुँदा पनि कुनै पनि मन्त्रालयमा इनरफेयर गरेको छैन ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com