ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न एमालेको माग


एबीसी न्यूज

काठमार्डौ, २४ माघ ।     नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जनतामा आशा जगाउँदै संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न सरकार जवाफदेहीरुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा प्रमुख सचेतक गिरीले संसद्को सुसञ्चालन, सुशासन कायम र सेवा प्रवाहका सवालमा सरकारलाई थप जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
संसद्को गत अधिवेशनमा एकमात्र कानुन बनेको र संसदीय समितिको नेतृत्व चयनमा ढिलाइ भएको हुँदा प्रभावकारी काम हुन नसकेको उल्लेख गर्दै उहाँले चालु अधिवेशनमा सभामुखबाट ल्याइएको कार्यतालिकाको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रमुख प्रतिपक्षका हैसियतले एमालेले जनताका विकास र निर्माणका सवाललाई घनिभूतरुपमा उठाउने बताउनुभयो । उहाँले एमालेले सञ्चालन गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी ९पुष्पलाल० सङ्कल्प यात्राका क्रममा प्राप्त जनताका अपेक्षा र चाहनालाई समेटेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’ लाई बुझाइएको ध्यानाकर्षण कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो ।
उहाँले राष्ट्रिय गौरवका आयोजनादेखि गाउँगाउँका खानेपानी, विद्यालय भवन र स्थानीय तहका आधारभूत अस्पताल निर्माणका काम गर्नुपर्ने भन्दै त्यससम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेता गिरीले प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम र सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालनको माग गर्नुभयो । उहाँले रुसी सेनामा कामका लागि गएका नेपालीहरु उद्धार गरी नेपाल ल्याउन र इजरायलमा सम्पर्कबिहीन भएका विपीन जोशीलाई सकुशल स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशभित्र रोजगारी दिन पनि नसक्ने र कामका लागि दक्षिण कोरिया जान खोजेका युवाले गोली लागेर ज्यान गुमाउनुपर्ने अवस्था दुखद् भएको बताउनुभयो ।
बैंकहरुले वर्षमा चार पटकसम्म ब्याजदर बढाएर उद्यमी र ऋणीलाई डुबाएको र सहकारी सञ्चालकले बचतकर्तालाई रुँदै सडकमा आउन बाध्य पार्ने स्थिति भएको उल्लेख गर्दै उहाँले यसमा सरकारले यस्ता मुद्दामा जति सुकै बलिया व्यक्ति भए पनि कानुनको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले एनसेनको शेयर खरिद प्रक्रियामाथिको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com