ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यू-१९ विश्वकप २०२४ मा नेपालका यादगार ६ प्रदर्शन र क्षण


एबीसी न्यूज
माघ २४, २०८० बुधबार  १ : २० बजे

काठमार्डौ, २४ माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल सुपर सिक्सबाटै बाहिरियो । नेपालले समूह चरणमा तीन र सुपर सिक्समा दुई गरेर कुल ५ खेल खेलेको थियो ।

न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो ।

नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेट र भारतसँग १३२ रनले पराजित भएको थियो । नेपालको नतिजा अपेक्षा अनुसार नै थियो किनभने नेपालको लक्ष्य नै सुपर सिक्समा पुग्ने थियो ।

नेपालले ब्याटिङ र फिल्डिङमा भने यो भन्दा धेरै राम्रो प्रदर्शन गर्न सक्थ्यो । २०२४ को यू–१९ विश्वकपका ६ क्षण जुन आगामी दिनहरुमा नेपाली क्रिकेटमा सधैं याद राख्नेछ ।

 

अफगानिस्तानविरुद्ध रोमाञ्चक जित

न्युजिल्यान्ड र पाकिस्तानविरुद्ध हारले सुपर सिक्समा पुग्न नेपालले अफगानिस्तानलाई हराउनु पर्ने समीकरण थियो । २६ जनवरी बफेलो पार्क इस्ट लन्डनमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लियो । तर नेपाली बलरले त्यो निर्णय गलत सावित गर्दिए ।

अफगानिस्तान ४०।१ ओभरमा १४५ रनमा अल आउट भयो । नेपालका आकाश चन्दले ५, दीपेश कँडेल २, गुलशन झा, सुभाष भण्डारी र तिलक राज भण्डारीले १–१ विकेट लिएका थिए । उक्त लक्ष्य नेपालले ४४।४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको जितमा देव खनालले सर्वाधिक ५८ रन बनाएका थिए ।

नेपालले एक दशक भन्दा बढी लामो समयपछि अफगानिस्तानलाई हराएको थियो । त्यसैले पनि यो जितको महत्व अझ बढी थियो । त्यसैले २०२४ को यू–१९ विश्वकप भन्दा सबैभन्दा पहिला सुपर सिक्स र अफगानिस्तानमाथिको जित याद आउनेछ ।

आईसीसीको अचम्म लाग्दो सुपर सिक्स नियम

आईसीसीले यस पटकदेखि सुपर सिक्स नियम लागु ग¥यो । हरेक समूहबाट चार मध्य शीर्ष तीन टोली सुपर सिक्समा पुगे । सामान्य नियम अनुसार सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्छ ।

तर यस पटक अर्को समूहबाट आउने दुई टोलीसँग मात्रै खेल्ने नियम थियो । आफ्नो स्थानको अर्को समूहबाट आउने टोलीसँग खेल्नु पर्ने थिएन । त्यसैले नेपालले समूह ए बाट तेस्रो स्थानमा रहेर आएको आयरल्यान्डसँग सुपर सिक्समा खेल्नु परेन ।

अचम्म के थियो भने नेपाल सुपर सिक्स खेल्नु अगावै प्रतियोगिताबाट बाहिरिएको थियो । दुबै समूहबाट आउने शीर्ष टोलीले सुपर सिक्समा एक एक खेल जित्दा हरेक समूहका तेस्रो स्थानमा रहेर आएका टोली खेल्नु अगावै बाहिरिन्थे ।

फ्लप गुल्शन झा

यू–१९ विश्वकप सुरु हुनुअघि नेपाली समर्थकले सबैभन्दा राम्रो प्रदर्शन नेपालबाट गुल्शन झाले गर्ने अनुमान गरेका थिए । गुल्शनले पछिल्लो एक वर्षमा सिनियर टोलीबाट जुन प्रदर्शन गरेका थिए त्यस अनुसार स्वभाविक पनि थियो ।

सिनियर टोलीबाट उनले २४ ओडीआई र १४ टी–२० आई खेल खेलेका थिए । अर्कोतर्फ भारत, पाकिस्तान र वेस्टइन्डिज जस्ता विश्वकप विजेता टोलीविरुद्ध खेलेको अनुभव थियो ।

अझ ब्याटिङमा प्रदर्शन सम्झन लायक नै रहेन । उनी न्युजिल्यान्डसँग २, पाकिस्तानसँग १८, अफगानिस्तानसँग १, बंगलादेशसँग ३ र भारतसँग १ रनमा आउट भए । बलिङमा भारतसँग ३, न्युजिल्यान्डसँग २ र अफगानिस्तानसँग १ विकेट लिएका थिए । उनले ५ खेलमा २५ रन बनाउँदा ६ विकेट लिए । सिनियरमा चलेर यू–१९ मा फ्लप हुँदा आगामी दिनमा धेरै चर्चा हुने देखिन्छ ।

न्युजिल्यान्डविरुद्ध अर्जुनको ब्याटिङ

 

नेपाली ब्याटिङका भविष्य अर्जुन कुमालले टोलीले हारे पनि धेरैको मन जित्न सफल भए । २१ फेब्रुअरीमा न्युजिल्यान्डले नेपाललाई जितको लागि ३०३ रनको विशाल लक्ष्य दिएको थियो ।

नेपालले एकतर्फबाट लगातार विकेट गुमाएको थियो । तर अर्को एन्डबाट अजुनले उत्कृष्ट ब्याटिङ क्लासका साथ रन जोडेका थिए ।

एवाल्ड श्रेणरको सट बललाई प्वाइन्टमा हान्न खोजे पनि थर्डम्यानमा ९० रनमा क्याच आउट भएपछि विश्वकपमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका थिए ।

१५८ मिनेट मैदानमा बिताएका उनले १२ चौका प्रहार गरे । उनले खेलेका सट र बाउन्ड्रीहरु विश्वका सुपर स्टारका भन्दा कम थिएनन् । हुन त अर्जुनले यू–१९ क्रिकेटमा दुई शतक हानेका छन् । तर पनि न्युजिल्यान्डविरुद्ध पूरा गर्न नसकेको शतक लामो समय सम्म याद हुनेछ ।

आकाश र सुभाषको ५–५ विकेट

 

तीव्र गतिका बलर आकाश चन्द र अफस्पिनर सुभाष भण्डारीको नाम लिँदा यू–१९ विश्वकप जोडिएर आउनेछ । अफगानिस्तानलाई हराउन आकाश चन्द र बंगलादेशविरुद्ध सबै पाँच विकेट सुभाषले लिएका थिए ।

आकाशले एक्लै ५ विकेट लिएपछि अफगानिस्तान ११।३ ओभरमै ४३–६ को अवस्थामा पुगेको थियो । आकाशले उक्त खेलमा ८ ओभरमा ४३ रन खर्चेर ५ विकेट लिएका थिए ।

सुभाषले बंगलादेशविरुद्ध ८ ओभरमा ४४ रन खर्चेर ५ विकेट लिएका थिए । नेपालले दिएको १७० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले २५।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ती सबै विकेट सुभाष एक्लैले लिएका थिए ।

देवको कप्तानी ब्याटिङ

अफगानिस्तानले नेपाललाई जित्न १४६ रनको लक्ष्य दिएको थियो । देख्दा सामान्य थियो । तर दक्षिण अफ्रिकाको त्यो विकेट र अफगानिस्तानको बलिङ आक्रामण सामु विशाल भन्दा कम थिएन ।

अझ नेपाल ८।१ ओभरमै २४–३ को अवस्थामा पुगेको थियो । देवले कप्तानी जिम्मेजारी लिँदै डटेर अफगानी बलरको सामना गरे ।

उनले ८९ बलमा ७ चौकासहित ५८ रनको एक विजयी इनिङ खेलेका थिए । उनको यो प्रदर्शन २०२४ को यू–१९ विश्वकपमा नेपालको सम्झन लायक क्षणमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com