ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यू-१९ विश्वकप २०२४ मा नेपालका यादगार ६ प्रदर्शन र क्षण


एबीसी न्यूज

काठमार्डौ, २४ माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल सुपर सिक्सबाटै बाहिरियो । नेपालले समूह चरणमा तीन र सुपर सिक्समा दुई गरेर कुल ५ खेल खेलेको थियो ।

न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो ।

नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेट र भारतसँग १३२ रनले पराजित भएको थियो । नेपालको नतिजा अपेक्षा अनुसार नै थियो किनभने नेपालको लक्ष्य नै सुपर सिक्समा पुग्ने थियो ।

नेपालले ब्याटिङ र फिल्डिङमा भने यो भन्दा धेरै राम्रो प्रदर्शन गर्न सक्थ्यो । २०२४ को यू–१९ विश्वकपका ६ क्षण जुन आगामी दिनहरुमा नेपाली क्रिकेटमा सधैं याद राख्नेछ ।

 

अफगानिस्तानविरुद्ध रोमाञ्चक जित

न्युजिल्यान्ड र पाकिस्तानविरुद्ध हारले सुपर सिक्समा पुग्न नेपालले अफगानिस्तानलाई हराउनु पर्ने समीकरण थियो । २६ जनवरी बफेलो पार्क इस्ट लन्डनमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लियो । तर नेपाली बलरले त्यो निर्णय गलत सावित गर्दिए ।

अफगानिस्तान ४०।१ ओभरमा १४५ रनमा अल आउट भयो । नेपालका आकाश चन्दले ५, दीपेश कँडेल २, गुलशन झा, सुभाष भण्डारी र तिलक राज भण्डारीले १–१ विकेट लिएका थिए । उक्त लक्ष्य नेपालले ४४।४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको जितमा देव खनालले सर्वाधिक ५८ रन बनाएका थिए ।

नेपालले एक दशक भन्दा बढी लामो समयपछि अफगानिस्तानलाई हराएको थियो । त्यसैले पनि यो जितको महत्व अझ बढी थियो । त्यसैले २०२४ को यू–१९ विश्वकप भन्दा सबैभन्दा पहिला सुपर सिक्स र अफगानिस्तानमाथिको जित याद आउनेछ ।

आईसीसीको अचम्म लाग्दो सुपर सिक्स नियम

आईसीसीले यस पटकदेखि सुपर सिक्स नियम लागु ग¥यो । हरेक समूहबाट चार मध्य शीर्ष तीन टोली सुपर सिक्समा पुगे । सामान्य नियम अनुसार सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्छ ।

तर यस पटक अर्को समूहबाट आउने दुई टोलीसँग मात्रै खेल्ने नियम थियो । आफ्नो स्थानको अर्को समूहबाट आउने टोलीसँग खेल्नु पर्ने थिएन । त्यसैले नेपालले समूह ए बाट तेस्रो स्थानमा रहेर आएको आयरल्यान्डसँग सुपर सिक्समा खेल्नु परेन ।

अचम्म के थियो भने नेपाल सुपर सिक्स खेल्नु अगावै प्रतियोगिताबाट बाहिरिएको थियो । दुबै समूहबाट आउने शीर्ष टोलीले सुपर सिक्समा एक एक खेल जित्दा हरेक समूहका तेस्रो स्थानमा रहेर आएका टोली खेल्नु अगावै बाहिरिन्थे ।

फ्लप गुल्शन झा

यू–१९ विश्वकप सुरु हुनुअघि नेपाली समर्थकले सबैभन्दा राम्रो प्रदर्शन नेपालबाट गुल्शन झाले गर्ने अनुमान गरेका थिए । गुल्शनले पछिल्लो एक वर्षमा सिनियर टोलीबाट जुन प्रदर्शन गरेका थिए त्यस अनुसार स्वभाविक पनि थियो ।

सिनियर टोलीबाट उनले २४ ओडीआई र १४ टी–२० आई खेल खेलेका थिए । अर्कोतर्फ भारत, पाकिस्तान र वेस्टइन्डिज जस्ता विश्वकप विजेता टोलीविरुद्ध खेलेको अनुभव थियो ।

अझ ब्याटिङमा प्रदर्शन सम्झन लायक नै रहेन । उनी न्युजिल्यान्डसँग २, पाकिस्तानसँग १८, अफगानिस्तानसँग १, बंगलादेशसँग ३ र भारतसँग १ रनमा आउट भए । बलिङमा भारतसँग ३, न्युजिल्यान्डसँग २ र अफगानिस्तानसँग १ विकेट लिएका थिए । उनले ५ खेलमा २५ रन बनाउँदा ६ विकेट लिए । सिनियरमा चलेर यू–१९ मा फ्लप हुँदा आगामी दिनमा धेरै चर्चा हुने देखिन्छ ।

न्युजिल्यान्डविरुद्ध अर्जुनको ब्याटिङ

 

नेपाली ब्याटिङका भविष्य अर्जुन कुमालले टोलीले हारे पनि धेरैको मन जित्न सफल भए । २१ फेब्रुअरीमा न्युजिल्यान्डले नेपाललाई जितको लागि ३०३ रनको विशाल लक्ष्य दिएको थियो ।

नेपालले एकतर्फबाट लगातार विकेट गुमाएको थियो । तर अर्को एन्डबाट अजुनले उत्कृष्ट ब्याटिङ क्लासका साथ रन जोडेका थिए ।

एवाल्ड श्रेणरको सट बललाई प्वाइन्टमा हान्न खोजे पनि थर्डम्यानमा ९० रनमा क्याच आउट भएपछि विश्वकपमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका थिए ।

१५८ मिनेट मैदानमा बिताएका उनले १२ चौका प्रहार गरे । उनले खेलेका सट र बाउन्ड्रीहरु विश्वका सुपर स्टारका भन्दा कम थिएनन् । हुन त अर्जुनले यू–१९ क्रिकेटमा दुई शतक हानेका छन् । तर पनि न्युजिल्यान्डविरुद्ध पूरा गर्न नसकेको शतक लामो समय सम्म याद हुनेछ ।

आकाश र सुभाषको ५–५ विकेट

 

तीव्र गतिका बलर आकाश चन्द र अफस्पिनर सुभाष भण्डारीको नाम लिँदा यू–१९ विश्वकप जोडिएर आउनेछ । अफगानिस्तानलाई हराउन आकाश चन्द र बंगलादेशविरुद्ध सबै पाँच विकेट सुभाषले लिएका थिए ।

आकाशले एक्लै ५ विकेट लिएपछि अफगानिस्तान ११।३ ओभरमै ४३–६ को अवस्थामा पुगेको थियो । आकाशले उक्त खेलमा ८ ओभरमा ४३ रन खर्चेर ५ विकेट लिएका थिए ।

सुभाषले बंगलादेशविरुद्ध ८ ओभरमा ४४ रन खर्चेर ५ विकेट लिएका थिए । नेपालले दिएको १७० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले २५।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ती सबै विकेट सुभाष एक्लैले लिएका थिए ।

देवको कप्तानी ब्याटिङ

अफगानिस्तानले नेपाललाई जित्न १४६ रनको लक्ष्य दिएको थियो । देख्दा सामान्य थियो । तर दक्षिण अफ्रिकाको त्यो विकेट र अफगानिस्तानको बलिङ आक्रामण सामु विशाल भन्दा कम थिएन ।

अझ नेपाल ८।१ ओभरमै २४–३ को अवस्थामा पुगेको थियो । देवले कप्तानी जिम्मेजारी लिँदै डटेर अफगानी बलरको सामना गरे ।

उनले ८९ बलमा ७ चौकासहित ५८ रनको एक विजयी इनिङ खेलेका थिए । उनको यो प्रदर्शन २०२४ को यू–१९ विश्वकपमा नेपालको सम्झन लायक क्षणमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com