ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र प्रचण्डबिचको अन्तिम सहमति बाहिरियो


admin

काठमाडौं, ४ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको एकता दुवै पार्टीका अध्यक्षवीच बुधबारको वान टु वान भेटवार्तामा जे सहमति भएको थियो त्यही अनुसार नै टुँगो लाग्ने भएको छ ।

एकतापछि पार्टीले के नीति लिने भन्नेबारेमा विवाद उत्पन्न भएपछि एकता प्रक्रियामा केही अलमल उत्पन्न भएपनि अब त्यसबारेमा दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेबमोजिम नै अघि बढ्ने बुझिएको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले भने,‘दुवै अध्यक्षवीच भएको सहमति अनुसार नै पार्टीले लिने विचार जबज र माओवादलाई एकता महाधिवेशनसम्म सँगै लिएर जाने र महाधिवेशनले जे निर्णय गर्छ त्यही मान्नेबारे सहमति भएको छ, अब हामी यही सहमति अनुसार नै अघि बढ्छौं, यसमा कुनै दुईमत छैन् ।’

बुधबार ललितपुरको एक नीजी घरमा बसेको एकता संयोजन समितिको बैठकमा एमाले नेताहरुले जबजलाई नै मुल नीति बनाउनुपर्ने अडान लिएपछि एकताबारे ठोस निर्णय हुन सकेको थिएन् । त्यसको असर माओवादी केन्द्र सरकारमा सहभागी नहुनुले देखाईसकेको छ । तर, यो बीचमा दुवै अध्यक्ष ओली र प्रचण्डबीच भद्र सहमति बनेको छ ।

ओलीले मुलुकको ४१ औं प्रधानमन्त्रीको रुपमा हिजोबाट नै जिम्मेवारी सम्हालिसकेका छन् । तर, उनलाई समर्थन गरेको माओवादी केन्द्रले भने तत्काल आफ्नो पार्टीका तर्फबाट सरकारमा मन्त्री पठाउन आनाकानी गरिरहेको छ । आजमात्रै प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति लगायत मन्त्रीमा समेत प्याकेजमै सहमति भएर सरकारमा सहभागी जनाउने प्रतिबद्धतता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com