सुर्खेत, २४ माघ । करेन्ट लागेर दैलेखमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका-४, लयाँटीका २९ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी अजुर्न केसीले जानकारी दिए । दैलेख र कालीकोटको सिमाना दहीखोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । उनी एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्