काठमाडौ २३ माघ ।सोलुखुम्बुको शिवटार बजारमा चुरोटको ठुटोबाट सल्किएको आगोले एउटा घर जलेर नष्ट भएको छ । हिजो बेलुकी नचिनेको मानिसले फालेको चुरोटको ठुटोबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक इन्स्पेक्टर अनिल मिश्रका अनुसार चुरोटको ठुटो भुइँमा पोखिएको पेट्रोलमा पर्दा आगलागी भएको हो । ढुङ्गा माटोले बनेको र टिनको छानो भएको दुई तले घर जलेर नष्ट हुँदा तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको इन्स्पेक्टर मिश्रले बताए।यसैबीच आगलागी भएपछि हाम फालेर भाग्ने क्रममा त्यही घरमा कोठा भाडामा लिएर बस्दै आएका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३ का काजीमान कटवाल घाइते भएका छन । घाइते कटवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्