ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती सरकारले गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन ५२ करोड लगानी गर्ने


एबीसी न्यूज

काठमाडैं, २३ माघ । चितवनको भरतपुरस्थित कृषि क्याम्पसको जग्गामा धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण थालेर छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारले झन्डै अर्ब लगानी गर्ने भएको छ।

उक्त रंगशाला निर्माणका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ।  बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रंगशला निर्माणको प्रथम चरणका लागि करिब ५२ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।

उक्त रंगशाला निर्माणका लागि प्रथम चरणमा ७५ करोड रुपेयाँ बराबरको लागत अनुमान गरिएको छ। जसको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने भएको हो। बागमती प्रदेशले ७५ करोडको ७० प्रतिशत अर्थात करिब ५२ करोड रुपैयाँको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको दुलालले बताए।

यसअघि संघीय सरकारले गत पुसमा बागमती सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएको थियो।अब उक्त रंगशाला संयुक्त लगानीमा बन्ने निश्चित भएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो रंगशालाका लागि लिज ऐनअन्तर्गत जग्गा लिनुपर्ने भएपछि मन्त्रिपरिषद्को बैठकबाट सहमति दिइएको थियो।

त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाउँदैछ।

महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड बराबरको काम गर्ने गरी सहमति गरेको थियो। पहिलो चरणमा खेल मैदान र प्यारापिट तयार गरेर खेल्न मिल्ने बनाइँदैछ।

प्रदेश सरकारले ७० प्रतिशत लगानी गर्ने भएपछि बाँकी रकम अब संघीय सरकारको अनुदान लिने तयारी भएको छ। अपुग रकम भरतपुर महानगरपालिकाले थप गरी रंगशाला बनाउनेछ।

प्रदेश सरकारको बजेट सुनिश्चितसँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिने भएको छ। धुर्मुस–सुन्तली फाउण्डेसनले १९ करोड रुपैयाँ ऋण लागेपछि दुई वर्षअघि निर्माणको काम छाडेको थियो। त्यसयता रंगशाला अलपत्र छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com